प्रयास गर्नेहरु कहिल्यै थाक्दैनन अन्तत् सफल हुन्छन

— उनले ५ वर्षको उमेरमा आफ्नो बाबु गुमाउनु पर्यो ।

— उनले ५ वर्षको उमेरमा आफ्नो बाबु गुमाउनु पर्यो ।
— १६ वर्षको उमेरमा स्कुल छोड्नु पर्यो ।
— १७ वर्षको हुँदासम्म उनी ४ पटक जागिरबाट निकालिए ।
— १८वर्षकाे उमेरमा उनको विवाह भयो ।

— १९ वर्षको उमेरमा उनकी छोरी जन्मिइन् तर २० वर्षको उमेरमा उनकी श्रीमती छोरीलाई साथमा लिएर पोइल गइन ।
— ४ वर्ष उनले रेलमा खलासी भएर काम गरे । तर त्यहाँ पनि टिक्न सकेनन् ।
— उनी आर्मीमा भर्ती हुन खोजे तर सकेनन् ।

— उनले कानुन पढ्न खोजे तर उनलाई भर्ना लिन मानिएन ।
— त्यसपछि इस्योरेन्स एजेन्ट बनेर हिड्न थाले तर त्यहाँ पनि टिक्न सकेनन् ।
— उनले होटलमा भाँडा माझ्ने काम सुरु गरे ।

उनले आफ्नै छोरीलाई अपहरण गरे र श्रीमतीलाई घर फर्कन बाध्य बनाए ।
— त्यतिन्जेल उनी बूढो भैसकेका थिए, उमेरले ६५ नाघेपछि उनले होटल छोडे । त्यसबेला उनका साथमा जम्मा १५० डलर थियो ।

— जीवनको तमाम भगदौडमा उनी अति नै थाकेका थिए, यसैले उनले आत्महत्या गर्ने सोचे, तर त्यसमा पनि पटक पटक असफल भए ।
— उनले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण परिवर्तन गरे र फेरि एकपटक केही फरक किसिमकाे काम गर्ने सोचे ।

— उनले आफ्नो साथीबाट ८७ डलर सापटि लिएर आफूले होटलमा काम गर्दा सिकेको सीप प्रयोग गरेर चिकन फ्राइ गरेर बेच्न सुरु गरे ।
— आफ्नो परिकार लिएर रेष्टुरेन्टमा गए तर कुनैपनी रेस्टुरेन्टले यस्तो परिकार बजारमा नचल्ने भनेर बेच्न मानेनन् ।

— तर त्यसले उनी निराश भएनन्, बरु आफैँ घर घर गएर बेच्न थाले, उनको त्यो परिकार जनमानसमा खुबै मन पराइन थाल्यो ।
— उनले आफू बस्ने ठाउँ केन्टुकीबाट ‘केन्टुकी फ्राइड चिकन’ अर्थात KFC नाम राखेर व्यापार सुरुवात गरे ।

अन्तत: ८८ वर्षको उमेरसम्ममा अर्बपति बन्न पुगे । ती व्यक्ति हुन् हरनेल सेन्डर्स, जसले जीवनमा प्रमाणित गरे, प्रयास जारी राख्नेहरू अवश्य सफल हुन्छन् ।

About Everest News 757 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*