नायक अनमोल केसी पक्राउपछि अस्पताल भर्ना

भाद्र १३, काठमाण्डौँ ।

पछिल्लो समय निकै चर्चामा रहेको नायक अनमोल केसी पक्राउ परेकाछन ।
सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र रावायणको लागि १० लाख पेश्की लिएर छायांकनको तयारीमा रहेको चलचित्रको शुटिङमा सम्पर्क नरहेपछि नायक केसी विरुद्ध निर्मात्री सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा उजुरी गरेको थियो ।

उपुरी परेपछि प्रहरीले पटकपटक सम्पर्क गर्दा पनि प्रहरीको सम्पर्कमा नआएपछि अदालतबाट पक्राउपुर्जी लिएर भक्तपुरको सागाबाट हिजो शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीको नियन्त्रणमा रहेको नायक केसीको बेलुका पख छाती दुःखेपछि राती ११ बजे नर्भिक अस्पतालमा भर्न गरिएको प्रहरी स्रोतले जनाएकोछ ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*