
फाल्गुन ३, काठमाण्डौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् । उपकुलपतिमा वरिष्ठ कवि विमल निभा र सदस्यसचिवमा वरिष्ठ समालोचक तथा आख्यानकार डा।धनप्रसाद सुवेदी नियुक्त भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा राईलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएको हो ।

नियुक्त भएको पदाधिकारीहरू सपत फल्गुन ४ गते विहीबार हुनेछ ।
प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् ।


Leave a Reply