गायिका सिमा गुरुङलाई बेलायतमा यौन दुर्व्यवहार

भाद्र २३, काठमाण्डौँ ।

कार्याक्रमको लागि बेलायत पुगेको गायिका सिमानानी गुरुङले आफुलाई यौन दुव्र्यवहार भएको बताउनु भएको छ ।
गत मे २३ मा बेलायत पुगेकी गायिका गुरुङले स्याङ्जा समाज बेलायतको अध्यक्ष सारादा गुरुङले आफुलाई शारिरिक सम्पर्क गर्न दबाफ दिएको भन्दै आफ्नो फेसबुक आइडीबाट लाइभमा सार्वजानिक गरेपछि सो घटना बाहिरएिको हो ।

आफुले अध्यक्ष सारादाको प्रस्ताव अस्किार गरेपछि एनआरएन बेलायतको अध्यक्ष प्रेम गाह समेतले सारादाको पक्ष लिएको बताउनु भयो ।
आफुले अध्यक्ष सारादाको प्रस्ताव अस्विकार गर्दा बेलायतमा भागेको भन्दै अफवाह फैलाउनुको साथै आफुलाई असुरक्षित महसुस भएको एभरेष्टि टेलिभिजन नेटवर्कलाई फोन सम्पर्कमा बताउनु भयो ।
अध्यक्ष सारादासंग अनैतिक कृयाकलाप गरेर बेलायतमा बस्नु भन्दा बरु तत्कालै नेपाल फर्केने उत्कट चाहाना रहेको धरधरी रुँदै गायिका गुरुङले बताउनु भयो ।

गत मे २७मा बेलायतमा पुगेको गायिका गुरुङको भिषा आगमी नोबेम्बर ११, २०२३सम्म छ । तर गायिका गुरुङले आफु यौनहिँसामा परेकाले अब चाँडै नेपाल फर्कने बताउनु भयो ।
मौलिक नेपाली गीतसङ्गीतको सफल पस्तुति र केही कमाइको पनि आशा लिएर बेलायत पुगेकी गायिका गुरुङ कमाई र प्रस्तुति भन्दा आफुले न्याय पाउनुपाए हन्थ्यो भन्ने पिरलो सताएको बताउनु भयो ।

विस्तृत समाचार लिंक

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*