
भारत-पाकिस्बितानबिच विकसित हुदै गएका घटनाक्रममा लामो मौनतापछि नेपाल सरकारको धारणा सार्वजनिक भएको छ। वक्तव्यमा नेपाल सरकारले भनेको छ :
१ – ‘ पहलगाममा एक नेपाली लगायत निर्दोष पर्यटकहरुको ज्यान लिने आतङी घटना पछी बढदो तनावले नेपाल सरकार गहिरो तवरले चिन्तित छ । आतङी घटनाको त्यो दुखद घडीमा नेपाल र भारत एकताबद्द भएर खडा भएका थिए ।’
२ – ‘नेपालको स्थापित नीति – कुनै पनि प्रकारको आतङवादी गतिविधिका बिपक्षमा सदैव रही आएको छ । नेपालले आफ्नो भुमी , आफ्ना छिमेकीका बिरुद्द प्रयोग हुन दिने छैन ।’
३ – ‘ नेपाल यस क्षेत्रमा तनाव शैथिल्य भएर शान्ती र स्थाइत्व कायम होस भन्ने आशा गर्दछ ।’

Leave a Reply