अखिल क्रान्तिकारीका विद्यार्थी नेता पक्राउ ।

असार–३, काठमाण्डौँ ।
एक महिनादेखि त्रिवि सेवा आयोगको परिक्षामा अनियमित्तता भएको भन्दै अनसनमा बस्दै आएका नेता तथा विद्यार्थी हरूलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिवि सेवा आयोगको मुल ढोकामाअखिल क्रान्तिकारीको धर्ना कार्यक्रम

धर्नामा बसेका मोहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकमारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूलाई प्रहरीले बल प्रयोग गरि दुब्र्यहार गर्दै प्रक्राउ गरेका उपाध्यक्ष सिलु न्यौपानेले बताइन ।

अखिल क्रान्तिकारीको धर्ना कार्यक्रम

मुल गेटमा तालबन्दी गरेर आयोगका कर्मचारी र पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएकोले आन्दोलनकारीलाई गिरफ्तार गर्नु परेको प्रहरीको दावी छ ।

अनसनकारीहरूलाई प्रहरीले गिरफ्तार गर्दै

महिना दिनसम्म लगातार अनसन बस्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएकोले ध्यानाकर्षण गराउन मुल गेटमा ताला लगाउन बध्य भएको उपाध्यक्ष न्यौपानेले बताइन ।

अखिल क्रान्तिकारीको धर्ना

शान्तिपूर्ण रिले अनसनलाई विथोल्न प्रहरीले बल प्रयोग गरि आफ्नो कार्यकर्तालाई प्रकाउ गरेमा आपत्ति जनाउदै संगठनले प्रेस विज्ञाप्ति समेत जारिगरेका छ ।

अखिल क्रान्तिकारीको धर्ना पक्राउपछि प्रेस विज्ञाप्ति
अखिल क्रान्तिकारीको धर्ना पक्राउपछि प्रेस विज्ञाप्ति

कर्मचारीको परिक्षामा त्रिवि सेवा आयोगका आफन्तको नाम निकालेको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएपनि आयोगले लिखितमा नाम निकालेका परिक्षार्थीको मौखिक परिक्षा लिएकोमा आपति जनाउदै परिक्षा खारेजी तथा दोषीलाई कारबाहीको माग सहित उपाध्यक्ष न्यौपानेको नेतृत्वमा धर्ना बस्दै आएकोछ । फोटा सिलु न्यौपानेको फेसबुकबाट

अनसनकारीहरूलाई प्रहरीले गिरफ्तार गर्दै
धर्ना कार्यक्रम
About Everest News 730 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*