नायिका लक्ष्मी योङहाङ विवाह बन्धनमा

गायक तेज मेन्याङबो र नायिका लक्ष्मी योङहाङ लगनगाँठोमा
गायक तेज मेन्याङबो र नायिका लक्ष्मी योङहाङ लगनगाँठोमा

मोडल तथा नायिका लक्ष्मी योङहाङ विवाह बन्धनमा बाँधिएकीछिन ।
मेन्याङबो बंशका प्रथम गायक तथा गीतकार तेज मेन्याङबो र नायिका योङहाङको शुभ लगन मुकुमलुङ अर्थात पाथिभरा नामक इथ्नोग्राफिक्स भिडियोले जुराएको हो ।


पवित्र धार्मिक पर्यटकीय स्थल पाथिभरको अनुपम सुन्दर दृश्य सहित सुकेटार क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा गायक मेन्याङबोकै जन्मघर साङमाङ्गु पुगेपछि लगनगाँठोमा टुङ्गिएको भिडियोको निर्देशक तथा चलचित्र निर्देशक चन्द्र वाम्बुलेले बताए ।


लिम्बु समुदायकी ढुकढुकी गायिका मनु नेम्बाङ र दिलिप फुरुम्बोको स्वर रहेको गीतमा बरिष्ठ सिनेमेटोग्राफर युबराज राईको छायाङ्कन रहेकोछ ।


एभरेष्ट कल्चर मिडिया लगनखेलको प्रस्तुति रहेको भिडियोको निर्माण नियन्त्रक गायिका नेम्बाङकै रहेकोछ ।

एभरेष्ट प्रोडक्सन हाउको स्टुडियो गीत रेकर्डिङको क्रममा गायिका मनु नेम्बाङ र गायक दिलिप फुरुम्बो


ताप्लेजुङको विकट गाउ सामाङ्गुमा गायिका नेम्बाङ सहितको शुटिङ क्रिउ आउने कुराले त्यस भेगका अधिकांश गाउलेहरू घण्टौँ पैदल हिडेर साङमाङ्गु आइपुगेको थिए । कतिपयले यस्तो विकट ठाउमा हुनैनसक्ने अफावह भनि विश्वास नै नलागेको बताए ।

पाथिभराबाट कैइद गरिएको अनुपम सुन्दर दृश्य


आफ्नो थातथलो साङमाङ्गुलाई मिडियामा ल्याउने उत्कट चाहानाको कारण शुटिङ क्रिउ पु¥याउन चाहेको गायक मेन्याङले बताए ।

गीतकार तथा गायक तेज मेन्याङबो


हाकपारे गायक मति मेन्याङबोले भने आफ्नो नाम भन्दा “बासबोटे कान्छा”ले सम्बोधन गर्दा खुशी हुने बताए ।

हाकपारे गाउदै गायक मति मेन्याङबो “बासबोटे कान्छा”(बीचको ढाका कोट)

आफ्नै शब्द, लय र स्वरमा रहेको हाक्पारेलाई आफ्नै जन्म स्थानमा छायाकन गरि आफ्नो थातथलोकोप्रतिको माया र तिर्सना मेटाउने हुटहुटी रहेको गायक कान्छाले बताए ।

साङमाङ्गुबासी


द्धय गीतकार तथा गायकहरूको नेतृत्वमा छायाङ्कन टोली साङमाङ्गु पुगेपछि गाउलेहरू हर्षित र उल्लासित भएका थिए ।

साङमाङ्गुबासीको स्वगत

लामो समयदेखि दुबैजना बेलायतमा रहँदै आएको र घर जाने बाटो समेत भुलेपछि शुटिङ क्रिउ जंगलभरि अल्मलिएको थिए ।

नायिका लक्ष्मी योङहाङ मुकुमलुङमा अभिनय गर्दै


जिल्ला समन्वय समिति सदस्य लक्ष्मण मेन्याङबोको व्यवस्थापनमा छायाङ्कन टोलीलाई खाना बस्नको विषेश व्यवस्था गरिएको थियो ।छायाङ्कनको क्रममा आवश्यक दृष्यको भूमिकामा साङमाङ्गुबासी उत्साहितपूर्वक सहभागि भइ सहयोग गरेका थिए ।

मुकुमलुङ भिडियो छायाङ्कन क्रममा साङमाङ्गुबासी धान नाचमा अभिनय गर्दै


आफ्नो गाउलाई मिडियाको पु¥याउने सपना पुरा भएको श्री बाल कल्याण मा.वि.का शिक्षक कृष्ण मेन्याङबोले बताए ।

शिक्षक कृष्ण मेन्याङबो र कलाकार कम्पी नेम्बाङ धान नाच्दै


गायक तेज मेन्याङबोको पिता स्वर्गीय जसबहादुर सुब्बा, आमा स्व.सजरानी लिम्बु श्रीमति स्व.राधिका थेबे लिम्बुको स्मृतिमा श्री बाल कल्याण मा.वि.को प्रागणमा चौतारा बनाइएको र उक्त चौताराको उद्घाटन कार्यक्रम समेत उल्लासमय र विधिगत रुपले सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण समेत गरियो ।

स्मृति चौतारा उद्घाटन


बेलायतमा रहँदै आएका गायकद्धय तेज मेन्याङबो र बासबोटे कान्छा सहित मानबहादुर मेन्याङबो, भिमबहादुर मेन्याङबो, मोतिबहादुर मेन्याङबोले जनही ५० हजार रकम संकलन गरि उक्त विद्यलयलाई सहयोग गरेका थिए ।

मुकुमलुङ भिडियो हर्ने तलको लिंकमा क्लिक गर्नुहोला ।

मुकुमलुङ भिडियोकोछायाङ्कनका झलकहरू

नायिका योङहाङ दाई लगाउदै
साङबाङ्गुको खेतमा
नायिका योङहाङ पालम गाउदै
गायक मेन्याङबो तथा नायिका योङहाङ पालाम गाउदै
मुकुमलुङमा विवाहको दृश्य

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*