केरुङलाई गान्धिमा रिफर

लामो समयदेखि नेपाली गीतसंङ्गीतमा सकृय रुपमा काम गर्दै आउनु भएको इना म्युजिक फिल्मस कम्पनीका प्रबन्धक तथा केरुङ चोत्लुङका संस्थापक अध्यक्ष श्री देउमान केरुङलाई फोक्सोमा गम्भिर समस्यदेखिएको छ ।

Teaching Hospital, in Maharajgunj, chakrapath


प्रबन्धक केरुङलाई शिक्षण अस्पताल, चक्रपथमा उपचार भइरहेको छोरी इनाले बताइन ।

देउमान केरुङ उपचारको क्रममा शिक्षण अस्पताल, महाराजगन्ज, चत्रपथमा


लामो समयदेखिको उपचारको क्रममा रोगको एकीन हुन नसकेपछि निजलाई भारतको नया दिल्ली स्थित राजिब गान्धि अस्पतालमा रिफर गरिएको डा. सन्तदासले बताउनु भयो ।

केरुङको स्वस्थ्य परिक्षण गर्दे डा. सन्तदास


उपचारर्थ केरुङको देब्रे फोक्सोमा रगत र पानी जम्न गई फोक्सोमा गम्भीर सङ्क्रमण (Pleural Effusion) देखिएकोले पटक पटक बायोप्सि चेक गर्दा समेत रोग पत्ता नलागेकोले भारत जानु पर्दा धेरै ठूलो रकम लाग्ने पिडित केरुङले बताए ।

उपचारको क्रममा बिमारी सम्हाल्दै काका तेजबहादुर केरुङ


४ लाख भन्दाबढि रकम खर्च भइसक्दा पनि कुनै रोग पत्ता नलागेकोले अब दिल्ली लानुको बिकल्प नरहेको केरुङका काका तथा चोत्लुङका अध्यक्ष श्री तेजबहादुर केरुङले बताए ।

Rajiv Gandhi Super Speciality Hospital


उपचारमा खर्चको अभाव भएपछि स्वदेश तथा बिदेशका सबै आफन्तजनमा सहयोगको अपिल गरिएको चोत्लुङका अध्यक्ष केरुङले बताए ।

केरुङ समाजद्धारा आर्थिक अपिल गरिएको पत्र
About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*