चलचित्र निर्देशक वाम्बुले सर्वाधिक राशि सहित सम्मान

सम्वाददाता ।
असार -१४, काठमाण्डौँ ।

चलचित्र सुम्निमाको निर्देशनबाट नेपाल सरकारको सर्वोत्कृष्ट सांस्कृति चलचित्र विजेता तथा न्यूयोर्कको चलचित्र महोत्सवमा समेत सर्वोत्कृष्ट कथा विजेता चलचित्रका निर्देशक चन्द्र वाम्बुलेलाई किरात राई कलाकार संघको १४औँ स्थापना दिवसको अबसरमा नगत सहित ताम्रपत्र प्रदान गरिएको छ ।

संस्थाले चलचित्र, कला÷साहित्य, संस्कृति लगायत विभिन्न क्षेत्रबाट किरात राई जातिको पहिचान, कला, साहित्या एवं अस्तित्वलाई जोगाइ राख्न तथा भावि पुस्ताको लागि हस्तान्तरण र संरक्षणमा निरन्तर रुपले लागि अब्बल योगदान पु¥याउने हुने उत्कृष्ट व्यक्तित्वहरूलाई छनौट गरि सम्मान गरिएको सस्थाको सचिव रोशन राईले बताए ।

चलचित्र क्षेत्रबाट चन्द्र वाम्बुल,े गायनबाट भिषण मुकारुङ, लोक साहित्य विधाबाट गडुलमान राई, नाट््यबाट प्रवीण पुमा, र कलाबाट फुलेन्देको आमा अर्थात उमेश राईलाई सम्मान तथा पुरस्कृति प्रदान गरिएको छ ।

नेपाल सरकार “सर्बोत्कृष्ट सास्कृतिक चलचित्र पुरुस्कार”
सम्माननीय राष्ट्रपतिज्यूको बाहुलीबाट सम्मान ग्रहण

चलचित्र निर्देशक चन्द्र वाम्बुले राईलाई ताम्रपत्र सहित रुपैयाँ २२ हजार २२२, नरमाया सविरमान किरात चलचित्र भिडियो निर्देशन पुरस्कार २०७६ प्रदान गरियो ।
यो पुरस्कारको अक्षयकोषदाता समाजसेवी युवराज राई हुन् ।

सम्माननीय सभामुखज्यूको बाहुलीबाट सम्मान ग्रहण

हाँस्य कलाकार उमेश राई ९फुलन्देको आमा०लाई ११ हजार १११ रुपैयाँसहित किरात राई प्रतिभा पुरस्कार २०७६ प्रदान गरियो
। पुरस्कारको अक्षयकोषदाता कृषिविज्ञ मदन राई हुन् ।

यसै गरि गायक भिषण मुकारुङ राईलाई नगद ११ हजार १११ सहित तेजलिला किरात संगीत पुरस्कार २०७६ प्रदान प्रदान गरियो रु। पुरस्कारको अक्षयकोषदाता व्यवसायी तेजबहादुर राई हुन् ।

नगद रु.१० हजारसहित राईलाई किरात राई सांस्कृतिक सम्मान संस्कृतिकर्मी गडुलमान राईलाई प्रदान गरिएको छ ।

कार्यक्रममा किरात राई थुलुङहरुको भाषा र संस्कृतिकको संरक्षण र प्रवद्र्धनमा योगदान दिएको भन्दै थुलुङ राई सांस्कृतिक प्रतिष्ठानलाई नगद १८ हजार ८८८ सहित हर्कजङ्ग छलिशोभा किरात कला पुरस्कार २०७६ प्रदान गरियो । पुरस्कारको अक्षयकोषदाता समाजसेवी मनिकुमार राई हुन् ।

संघको स्थापना दिवसको अवसरमा यलम्बर संगीत प्रतियोगिता भाग ५ को वियजीहरूलाई नगद पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिने संघका कार्यबाहक अध्यक्ष राजु एण्ड राईले जनाएका छन् ।

कार्यक्रम ललितपुर जिल्ला समन्यन समितिको हलमा सम्पन्न भएको थियो ।


समाचार बाँकी . . .

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*