लामो समयदेखि असमान सेवा सुविधा र निवृद्धिभरणमा समानता हुनु पर्ने माग सहित
आन्दोलनरत संगठन विगेसाको मुद्धमा एकबद्धता जनाउदै भू्तपूर्व सिङ्गापुर प्रहरी निरिक्षक पउलबहादुर घर्तीमगरको संयोजकमा १७ सदस्यीय कार्यसमिति गठन गरियो ।
कार्यक्रमा विगेसोका सभापति पदमसुन्दर लिम्बु, कार्यक्रम संयोजक मनु नेम्बाङ, सल्लाकार डा.ओम गुरुङले खादा लगाइ स्वगत गरेका थिए ।
कार्यक्रममा डा.गुरुङले गोर्खालीलाई बेलायतले विना सम्झौता तेस्रो मुलुकहरूमा विक्री वितरण गरि मानव तस्करी गरी नेपालीलाई ठूलो अन्याय गरेका बताए ।
कार्यक्रममा सिङ्गपुर संयोजक घर्तीमगरले आगमी असार–२८मा सिङ्गपुरका सम्पूर्ण भूपूलाई विगेसोमा अबद्ध गराइने जानकारी दिए ।
विगेसोले उठाएको मुद्धा राष्ट्रियता र स्वधिनता विषय रहेकोले यो अरु संगठन भन्दा गहन रहेको भन्दै प्रेस विज्ञाप्ति समेत जारिगरिएको छ ।
Leave a Reply