ओखलढुंगा : ठगी मुद्दामा फरार रहेका एक निजी कम्पनीका सञ्चालकले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । सिड्स ब्यांक नामक बीउविजन कम्पनीका सञ्चालक सुवास कार्कीले आफूविरुद्ध समाचार लेखेको भन्दै फेसबुकमार्फत पत्रकार मनोज भट्टराईलाई ज्यान मार्ने धम्की दिएका हुन् । ठगीको अभियोग लागेका कार्की तीन महिनादेखि प्रहरीको फरार सूचीमा छन्।
उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेर खोजीभइरहे पनि प्रहरीले पक्राउ परेका छैनन्। कार्कीले नेता, सांसद र प्रहरीसँग सम्बन्ध रहेको भन्दै किसान र समाचार लेख्ने पत्रकारलाई धम्की दिँदै आएका छन् ।
गोरखापत्र दैनिकका समाचारदाताका भट्टराईलाई कार्कीले शनिबार साँझ फेसबुक मेसेन्जरमार्फत ज्यान मार्ने धम्की दिएका थिए । उनले गोरखापत्र दैनिक र थाहा सञ्चार अनलाइनमा फरार अभियुक्त प्रहरीले नसमातेको विषयमा समाचार लेखेका थिए ।
कृषकलाई बीउ, मल उपलब्ध गराउने र उनीहरुका उत्पादन बजारीकरण गर्ने भन्दै कार्कीले सिड्स ब्यांक नामक कम्पनी खोलेर किसानसँग रकम लिएपछि कार्की भागेका थिए । उनी भोगपछि पीडितको उजुरीका आधारमा उक्त कम्पनीका दुई जना कर्मचारीप्लाई पक्राउ गरेर गठी मुद्दा चलाए उनी अझै फरार छन् ।
फरार अभियुक्त कार्कीका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले ठगीमा मुद्दा चलेकाले जहाँ गए पनि एकदिन प्रहरीले समात्ने दाबी गरे। समाजिक सञ्जालमा सक्रिय रहने अभियुक्त कार्कीलाई केही नेता तथा सांसदको समेत दवावमा पक्राउ नगरिएको ठगिएका किसानको गुनासो छ ।
कार्की लगायत अन्य तीनले किसानहरुलाई कुखुराका चल्ला, दाना उपलब्ध गराउने तरकारीको बीउसमेत दिने भन्दै लाखौं रकम असुलेर भागेका थिए । ७० भन्दा बढी किसानले कार्की विरुद्ध ठगी मुद्दा दर्ता गराएका थिए । अन्नपूर्णबाट
Leave a Reply