रोजगारको लागि बोलाइएको तीन युवा होटलको कब्जामा

दैलेख । असार २३
विद्युत प्राधिकरणको काम गर्ने भनि दैलेखका ओमजङ कार्कीले उदयपुरका तीन जना युवालाई दैलेखको सदरमुकाम पु¥याइ अलपत्रमा पारेको पिडित सिमन वान्तवा राईले बताए ।

पिडित सिमन वान्ताव

२५ दिनदेखि पुर्वेली राई होटल एण्ड लजमा बसेको र सो लजको खाना तथा बासको रकम समेत बाँकी रहेकोले लजवालाले आफूहरूलाई उल्टो पैसा भुक्तान नभइ जान नपाउने भनि बन्देमा परेकोले समस्यमा परेको वान्तवाले बताए ।

केही दिन अघिसम्म समान आउने साथ काम हुने भनेर झुलाए पनिपछि गएर सम्पर्क बिहीन हुन थालेपछि ठुलो विचल्नीमा परेका बताए ।

पिडित रुवेन राई

रोजगारको लागि उदयपुरबाट दैलेख पुगेको युवा विचल्लीमा परेपछि उद्धार तथा कानुनी साहयताको लागि हाल जिल्ला प्रहरी कार्यलय जाने तरखरमा रहेको वान्तावाले बताए ।

विचल्नी हुनेमा उदयपुर जिल्ला चौदन्डी नगर पालिका–८, डहरका २६ वर्षीय सिमन वान्तवा राई, वडा नं ४, बसाहाका २० वर्षीय रुबेन राई र आशिर राई रहेकाछन ।

पिडित आशिस राई

लामो समयदेखि ठेकेदार कार्की फरार रहेपछि बाध्य भएर होटलको वील भुक्तानी नभइ तीन युवालाई बन्देजबाट मुक्त नगरिने होटल संचालक पर्वत राईले बताए ।

About Everest News 730 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*