केरुङको उपचार गान्धीमा


लामो समय शिक्षण अस्पताल महाराजगन्ज चक्रपथमा उपचार्थ समाजसेवी तथा इना क्यासेट कम्पनीका प्रबन्ध निर्देशक देउमान केरुङको हाल नया दिल्लीको राजिव गान्धि अस्पतालमा उपचार भइरहेको छ ।

डा.एल.एम. डार्लोमले चेकजाँज गर्दै विमारी केरुङ

फोक्सोमा गम्भिर समस्य भएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका केरुङको कुनै रोगको पहिचान नभएपछि निजलाई गान्धि अस्पतालमा थप उपचारको लागि रिफर गरिएको डा. सन्तदासले बताउनु भयो ।डा. सन्तदास फोक्सो विशषज्ञा तथा प्रधान मन्त्री केपी शर्मा ओलीको स्वस्थ्य सल्लाहकार समेत हुन् ।

केरुङको फोक्सोमा ट्यूमर देखिएको र रोगको एकिन गर्न थप जाँच तथा अनुसन्धान भइरहेको केरुङ चोत्लुङका महासचिव जयप्रकाश केरुङ फोन सम्पर्कमा बताउनु भयो ।

केरुङ नेपाल इयर लाइन्सबाट गत सोमबार दिल्ली पुगेका हुन् । निजको स्वस्थ्य परिक्षण तथा उपचार भारतकै विशिष्ट फोक्सो विशेषज्ञ तथा राजिव गान्धि अस्पतालको बरिष्ठ डा. एल.एम. डार्लोमले गरिरहनु भएको छ ।

बरिष्ठ डा. एल.एम. डार्लोम


उपचारको लागि केरुङ चोत्लुङका अध्यक्ष तेजकबहादुर केरुङ तथा महासचिव जयप्रकाश केरुङ समेत गत आइतबार केरुङका संगै दिल्ली पुगेकाछन ।

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*