‘निवारे पान्हा’को साथ मनु नेम्बाङ युरोपमा

मंसिर-७। लिम्बु गीत–सङ्गीतको ढुकढुकी गायिका मनु नेम्बाङ निवारे पान्हा गीति एल्बम लिएर बेलायत पुगेकीछिन् ।


दोस्रो युरोप साङ्गीतिक यात्रा लिएर बेलायत प्रस्थान नेम्बाङ दुई दशक भन्दा लामो समय गीत–सङ्गीतिमा योगदान पु¥याएकी छिन्

हाक्पारे पालम क्वीन उपमा पाएकी नेम्बाङ बेलायत तथा सन्जेन भिषा मार्फत सम्पूर्ण यूरोपमा आफ्नो प्रस्तुति पस्केर फर्किने बताइन ।


नेपाली साङ्गीतिक क्षेत्रमा पनि उत्तिकै लोकप्रिय नेम्बाङ, दक्षिण कोरिया, हङकङ, सिङ्गापूर, मलेसिय, इङ्ल्याण्ड, बेल्जियम, जर्मन,स्वजीरल्याण्ड, फ्रान्स लगायत अधिकांश यूरोपमा पटक–पटक आफ्नो साङ्गीतिक प्रस्तुति पस्केकी नेम्बाङको यस पटकको साङ्गीतिक यात्रा बिल्कुल फरक रहेको बताइन ।


कतार इयरलाइन्स मार्फत लन्डन हिथ्रो पुगेकी नेम्बाङलाई स्वगत गर्न बेलायतमा रहनु भएका लिम्बु समुदायको बाक्लो उपस्थिति रहेको थियो । गीतकार तथा गायक सुर्वण नेम्बाङ, व्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)का सभापति पदम सुन्दर लिम्बु, महासचिव छिरिङ सेर्पा, गीतकार तथा गायिका रिता फम्बे ठूली, सुर्य खापुङ, यदुचन्द्र लावती र पुनम लिम्बु लगायतले भव्य रुपमा स्वगत गरेका थिए ।


किरात याक्थुङ चुम्लुङ बेलायतका बरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ र गायिका नेम्बाङको यात्रा त्रिभुवान अन्तराष्ट्रिय विमान स्थलबाट एउटै उडानबाट लन्डन पुगेका थिए ।


नेपाली गीत र साङ्गीत र कलाकारिता क्षेत्रका बहुप्रतिभाशाली गयिका नेम्बाङ भाग्यमानी कलाकार पनि हुन जस्ले एकै साथ बेलायत तथा यूरोप सेन्जेन भिषा पाएकी छिन ।


एभरेष्ट कल्चर मिडियाको निर्देशक समेत रहेकी नेम्बाङको निर्देशनमा लिम्बु चलचित्र केलाङ समेत निर्माणको अन्तिम तयारी अबस्थामा रहेकोछ । गायिकाको व्यस्तताको कारण केही वर्ष पहिले छायाकन सम्पन्न भएको चलचित्र पोष्ट प्रडक्सनमा छ ।

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*