सुजताको सुस्तरी चलचित्र

काठमाण्डौँ । दश जोड दुई औपचारिक शिक्षा पुरा गरेकी सुजता नेवा पढाइलाई निरन्तरता दिनेतर्फ भन्दाबढि समय नेवारी चलचित्र कर्ममा हामिएकीछिन ।

लगनखेल, ललितपुरका स्थायी निवासी नेवा कही म्यूजिक भिडियो, विज्ञापन हुँदै ‘वाइ डुने जाके डु’ तथा ‘क्या फसाद’ लगायतका नेवारी चलचित्रहरूमा सह–नायिका भूमिकामा छिन ।


बुबा सङ्कर नेवार तथा आमा माया नेवारका जठी सुपुत्री सुजता नेवा भरखर टिनएज क्रस गरेकी कलकहलाउदो उमेरकी मात्रै छिन । यति सानै उमेरमा किन चलचित्र क्षेत्रमा होमिएकी भन्ने जबाफमा हल्का मुस्कुराउदै चलचित्र क्षेत्र मेरो पहिलादेखि कै सपनाको क्षेत्र रहेको बताइन ।

चलचित्र क्षेत्रबाटै आफ्नो भविश्य बनाउने र नेवारी तथा नेपाली चलचित्र जगतलाई स्तरीय र फराकिलो पार्ने इच्छारहेको बताइन । नाम र दाम भन्दा पनि यो क्षेत्रमा आफूले समाजको लागि केही गर्न सकिन्छभकि भनेर रोजेको बताइन् ।

यस सम्बन्धी को ज्ञान र शिक्षा के छ भन्ने सन्दर्भमा आधारभुत अभिनय तथा नृत्यको प्रशिक्षण पुरा भइसकेको र एड्भान्स क्लास लिनेक्रममा रहेको बताइन । अरुले जस्तो एकै छोटी फट्को मार्ने भन्दा विस्तारै सिक्दै सुस्तरी तबरले यो क्षेत्रमा अघिबढ्ने बताइन ।


About Everest News 139 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*