रत्न राज्यले सम्झे नारायण गोपाल

मंसीर–१९, काठमाण्डौँ । स्वार सम्राट नारायण गोपालको २९ औँ पुण्य तिथिको अबसरमा रत्न राज्य लक्ष्मी क्याम्पसको विद्यार्थीहरूले भव्यताको साथ नारायण गोपाल स्मृति कार्यक्रम मनाए ।


आरआर सङ्गीत क्लबद्धारा आयोजित कार्यक्रममा प्रध्यापम तथा विद्यार्थीहरूले नारायण गोपालको गीतहरू गाए ।
सङ्गीत विभाग प्रमुख तथा प्रध्यापक रबिनदास श्रेष्ठले नारायण गोपलाको फोटोमा अबिर लगाइ कार्यक्रमको उद्घाटन गरे लगतै उपस्थित सबै विद्यार्थीवर्गले एकै स्वरमा चलचित्र चिनोको वीरताको चिनो गीतले ल नै गुञ्जयमान बनाएको थियो ।


कार्यक्रमको प्रारम्भमा जसरी वीरताको चिनोले सबैमा नयाँ उमङ्ग ल्यायो यसरिु नै उज्जल सागरको अन्तिम प्रस्तुति छोरीको जन्मले गीतले सबको आँखा रसाइ भवविह्ल भएका थिए ।

समग्रमा कार्यक्रम अति दम्दारपूर्ण भएको उस्थित सबैको बताए ।

विद्यार्थीहरूलाई हौसला उत्साह प्रदानहोस भन्ने उदेश्यले पहिलो प्रस्तुति प्राध्यपक दिनेश थापाको रहेको थियो भने त्यसपछि प्रध्यापक रबिनदास श्रेष्ठको ।

विद्यार्थीहरूबाट खिम कौस ,उमेश न्यौपाने, दिप सिङ, लोप्साङ लामा, मुस्कान रानाभाट, राजन न्योपाने र उज्जल शागर प्रस्तुति थियो ।

सञ्चारकर्मी तथा चलचित्र निर्देशक चन्द्र वाम्बुलेको उद्घोषण रहेको कार्यक्रममा नारायण गोपालको संछिप्त परिचयको भूमिका थप आकर्षक बनेको थियो ।
कार्यक्रममा कसैको भाषण मन्तव्य नभएकोले नि अत्यन्तै प्रभावकारी रहेको उपस्थित आरजु पराजुलीले बताए ।


रोसन श्रेष्ठ तबला, राकेश राई गीटार र उज्जल सागरले हर्मोनियममा कार्यक्रम भरि नै साथ दिए ।


प्रस्तुतिलाई सबैले अन्यन्तै रुचाएको कारण विषेश अबसर पारेर यस्तो कार्यक्रमकोहरू फेरी पनि आयोजना गरिने क्लबको अध्यक्ष राजन न्यौपानेले बताउनु भयो ।


उज्जल सागरको परिकल्पनामा आर.आर.म्यूजिक क्लबद्धारा आयोजना गरिएको कार्यक्रम अत्यन्तै उत्साजन भएको सङ्गीत विभाग प्रमुख रबिनदास श्रेष्ठले बताउनुको साथै सबैलाई धन्यबाद दिनु भयो ।


चलचित्रको कान्छीको छोरीको जन्म भन्ने गीतको बोलमा उज्जल सागरको प्रस्तृतिसंगै कार्यक्रमको बिट मारिएको थियो ।

About Everest News 717 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*