फल्कस्टोनमा पालाम

हाक्पारे पालम गायिका मनु नेम्बाङको दोस्रो पटक साङ्गीतिक कार्यक्रमको क्रममा बेलायत पुगेकी नेम्बाङको आगमी २९ डिसेम्बर २०१९ मा किरात याक्थुङ चुम्लुङ, शाखाका फल्कस्टोन,बेलायतको अयोजनामा लेमोन लिफ रेष्टुरेन्ट एण्ड बारमा कार्यक्रम हुने सांसथका बरिष्ठ सल्लाकार श्री मान बहादुर सेरेङ चोङबाङले बताउनु भयो ।


लिम्बु समुदायको ढुकढुकी गायिका नेम्बाङ सन २०१७ मा पनि बेलायत सांङ्गीतिक कार्यक्रमको बेलायत पुगेकी थिइन ।


कार्यक्रमबाट आर्जन गरेका रकम म्याडस्टोन बेनोभर, बेलायतमा निर्माधिन चुम्लुङदेन भवनको लागि नेपाली रुपैया एक लाख सहयोग गरेपछि उनलाई भव्य सम्मानको साथै देस्रो पटक कार्यक्रमको लागि निमन्त्रणा आएको हो ।


यस पटक पनि बेलायत तथा यूरोपबाट आय आर्जन भएको रकम लिम्बु गीत सङ्गीत तथा कला र संस्कृतिको जर्गेना तथा संरक्षण अभियानको लागि जुट्ने बताइन् ।
लिम्बु गीत सङ्गीतबाट आय आर्जन गरेका अधिकांश रकम सोही क्षेत्रमा नै खर्च गर्ने गरेका गायिका नेम्बाङले बताइन् ।


समयको विकास क्रमसंगै लिम्बु गीत सङ्गीतमा अझ मजबुद र फराकिलो हुनु पर्नेमा झन खुम्चिदै गएकोमा यसको स्तर र क्षेत्र बढाउन आफू हरदम लागी परेको बताउनु हुन्छ गायिका नेम्बाङ ।
बेलायतको प्रस्तुतिपछि यूरोपको विभिन्न देशहरूहुँदै नेपाल फर्किने अनलाईन सम्पर्कको क्रममा बताइन् ।

About Everest News 730 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*