राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा राष्ट्रिय सभाकी सांसद बिमला राई पौडेलले आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई ब’र्खास्त गरेर काम गर्ने कर्मचारी करारमा भर्ना गर्न माग गरेकी छिन् । सचिवालयको प्रशासन, सूचना सञ्चार, व्यवस्थापनमा एकदमै धेरै स’मस्या भएको सांसद पौडेलको भनाइ छ । पौडेलले अर्हाएको, लगाएको जिम्मेवारी पुरा नगर्ने अदक्ष कर्मचारी फा’ल्न सकिने व्यवस्था गरी असाध्यै दक्ष र काम गर्न सक्ने अवसर नपाएर विदेशिएका युवाहरूलाई नै करारमा राख्ने व्यवस्था गर्न सकिने बताएकी छिन् ।
बैठकमा सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सम्बन्धित समितिका सांसदहरूको सुझाव लिनुपर्ने परम्परा बसाल्न समेत माग गरिन् । उनले संसद सचिवालयमा निश्पक्ष तथ्याङ्क उपलब्ध गराउने इकाइको खाँचो रहेको धारणा समेत राखिन् ।
एक पटक लोकसेवा पास गरेपछि जीवनभर कामै नगरी जागिर खान पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री, मन्त्री बन्न पाँच पाँच वर्षमा जनतामा जानुपर्छ, खारिएर आउनुपर्छ’ पौडेलले भनिन्, ‘एक पटक लोकसेवा पास गरेको कर्मचारीलाई जिम्मेवारी पुरा गरेन भने पनि जागिरमा राखी रहने ?’ समाचार हाम्रो अभियानबाट
Leave a Reply