विश्वकै विलक्षण साहसिक मीरा राई

फोटो फेसबुकबाट साभार ।

बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलाहरू मध्ये मीरा राई एक हुन्।

फोटो फेसबुकबाट साभार ।

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको दुर्गम दुम्माना गाउँमा जन्मिएकी मीराको विश्वचर्चित धाविका बन्दासम्मको असाधारण यात्रालाई रोचकतापूर्वक वर्णन गरिएको छ ।
चेली क्यारोलको इलुस्ट्रेसन कलाले मीराको जीवन यात्रालाई अझ जीवन्त तुल्याएको छ।

फोटो फेसबुकबाट साभार ।

मीराका बाल्यकाल देखि नै गाउँमा घाँसदाउराका साथै धरान चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो । आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्दा उनलाई अल्ट्रा म्याराथुन खेल संसारमा हुन्छ भन्ने थाहै थिएन।

फोटो फेसबुकबाट साभार ।

जसोतसो एसएलसी पास गरेपछि अब के गर्ने, कसरी पढ्ने भन्ने कुराले उनलाई सताउन थाल्यो ।
गरीब परिवारमा जन्मेको उनी साथीहरूको लहलहैमा १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन्।

फोटो फेसबुकबाट साभार ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि मीरा अयोग्य लडाकूको सूचीमा परिन् । सरकारले मात्र होइन, आफ्नै पार्टीले समेत अयोग्य भनेपछि उनी घर पनि फर्कन सकिनन् ।
काठमाडौंमा उनकी साथी थिइन्, अनुपमा मगर । अनुपमा पनि मीराजस्तै माओवादी लडाइँमै सहभागी थिइन्।

फोटो फेसबुकबाट साभार ।

उनै अनुपमाले मीरालाई काठमाडौं आउन र कराँते खेल्न प्रोत्साहित गरिन् । उनै अनुपमा जसले १३ औं सागमा नेपाललाई कराँतेमा स्वर्ण पदक दिलाइन्।

फोटो फेसबुकबाट साभार ।

कराँते खेल्दै गर्दा मीराले एकपटक काम गर्न मलेशिया जाने बारे पनि सोचिन् । तर, गुरु ध्रुवविक्रम मल्लले केही समय धैर्य गर्न सल्लाह दिंदै अल्ट्रा म्याराथन बारे पनि जानकारी दिए । डाँडापाखा दौडने पनि खेल हुन्छ भनेर पहिलोपल्ट थाहा पाइन्।

फोटो फेसबुकबाट साभार ।

सन् २०१५ देखि दौडन थालेकी मीराले अधिकांश दौडमा प्रथम स्थान हासिल गरेकी छन् । फ्रान्समा सन् २०१५ मा भएको प्रतियोगितामा उनी विश्वविजेता बनेकी थिइन्।

फोटो फेसबुकबाट साभार ।

मीरालाई नेशनल जियोग्राफिक पत्रिकाले सन् २०१७ मा ‘एडभेञ्चर अफ द इयर’ बाट सम्मानित गरेको थियो।

फोटो फेसबुकबाट साभार ।

मीरा अहिले पनि दौडिरहेकी छन् । यसका साथै उनी आफूजस्तै पृष्ठभूमि भएका बालिकाहरूलाई म्याराथन सिकाउने अभियानमा पनि लागिरहेकी छन्।

फोटो फेसबुकबाट साभार ।

आफैं पनि साहसिक खेलकी सौखिन लेखिका ड्यूले पुस्तकमा मीराबाहेक आन डानियल्स, जिन जियोङ, कारेन डार्के, सराह आउटेन, इम्मा तिमिस लगायतको कथा समेटेकी छन् ।

फोटो फेसबुकबाट साभार ।
About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*