क्यानसर बढ्दै

प्रा.डा. बिष्णु दत्तपौडेल

नेपालमा सूर्तीजन्यपदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिकमात्रामा विशाद्धिको प्रयोग र आधुनिक किसिमको जीवन शैलीले गर्दा प्रत्येक वर्ष २० हजार मानिसहरूले क्यान्सर रोगका कारण अकालमा जीवनगुमाइ रहेको कुरा विर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले बताउनु भयो ।


मंगलवार राजधानी स्थित लोयल्टी एकेडेमी, मण्डिकाटारमा क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा विश्व क्यान्सर दिवसको अवसरमा संचालित अन्तरक्रिया तथा छलफल कार्यक्रममा डा. पौडेलले ३० देखी ५० प्रतिशशत क्यान्सर हाम्रो खानपान जीवन शैलीका कारणले गर्दा लाग्ने हुँदा यसबाट जोगीन सक्रिय जीवन विताई सुर्तीजन्य पदार्थबाट टाढा वस्नु पर्ने कुरा बताउनु भयो । क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको कटु तथ्यलाई औलाउँदै डा. पौडेलले नेपालमा पनि हामीले प्रत्येक मानिसलाई रोगबाट जोगिन सचेत गराउनु पर्ने बताउनु भयो ।


नेपालमा अभैm नि क्यान्सर रोग लागेपछि बाँच्न सकिदैन भन्ने भ्रम रहेकोले त्यसलाई हटाउन पर्ने कुरा उहाँले बताउनु भयो । मुखको अवस्थामा क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कम हुने र प्रभावकारीता बढी हुँदा हामीले विरामीहरूलाई जति सक्दो चाँडो अस्पताल जान प्रोत्साहन दिनु पर्ने कुरामा उहाँ जोड दिनु भयो ।


उहाँले वर्षको एक दिन क्यान्सर दिवास मनाउनु भन्दा समाजमा प्रत्येक व्यक्तिले क्यान्सर रोग न्यूनीकरणको लागि अरुलाई सुर्तीजनय पदार्थ त्याग्नको लागि प्रोत्साहित गर्नु पर्ने कुरा उल्लेख गर्नु भयो । विकसित देशमा जनचेतना, समयमा नै रोगको पहिचान र उपचार विधीमा भएको विकासले क्यान्सर रोगबाट मर्ने संख्यामा निकै कमी आएको कुरा उहाँले जानकारी गराउनु भयो ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले क्यान्सर, मुटु, दम, मधुमेह रोग रोकथामको लागि व्यापक रुपमा जनचेतना जगाउनु पर्ने बताउनु भयो । नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि किशोर किशारीहरूलाई अभिभावकहरूले विशेष ध्यानदिनु पर्ने कुराको कडरिया जनाउनु भयो । लोयल्टी एकेडेमीका प्रिन्सिपल योगेस चन्द्र सम्हायेले क्यान्सर काउन्सिल नेपाल र नेपाल टेलिकमलाई जनचेतना मूलककार्यक्रम संचालन गरि क्यान्सर रोगको वारेमा जानकारी पाउने अवसर दिएकोमा धन्यवादादिनु भयो । उहाँले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयले विशेष अभियान संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

About Everest News 717 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*