बेलायतमा पालामको धमका

साङ्गीगितिक भ्रमणमा बेलायतमा रहेका गायिका मनु नेम्बाङले यतिखेर बेलायत निकै तताएकीछिन । हाक्पारे पालाम क्वीन उपमा पाएकी नेम्बाङको यो दोस्रो साङ्गीतिक यात्रा हो यूरोपको लागि ।


बेलायतको लागि ६ महिने भिषा पाएकी नेम्बाङको अरु थप ३ महिने भिषा सेन्जेन मार्फत यूरोपको बेजिल्जम, जर्मन, स्वीजर ल्याण्ड लगायत विभिन्न देशहरूमा रहेको बताइन ।


किरात याक्थुङ चुम्लुङ यु.के.को आयोजनामा फेल्थाम लण्डनमा भएको एकल सङ्गीतिक तथा निवारे पान्हा गीति एल्बम लोकापर्ण कार्यक्रममा सहभागीकहरूको उल्लास मय उस्थिति थियो ।


एन्.आर.एन.यू.के.का अध्यक्ष पुनम गुरुङको प्रमुख अतिथ्यामा सम्पन्न कार्यक्रमको संयोजन नरवीर आङबुङले गर्नु भएको थियो ।


कार्यक्रमका सभापित तिलविक्रम सम्बाहाम्फेले बेलायत जस्तो जन्मभूमि भन्दा धेरै टाढाको देशमा पनि आफ्नै मौलिक भाकाको पालाम र हाक्पारे गायिका नेम्बाङको प्रस्तुति प्रत्यक्ष हेर्न र सुन्न पाउदा अति हार्षित भएको बताउनु भयो ।


गायिका नेम्बाङलाई सेवारो कलाकार संघ यू.के.ले समेत सम्मान गरेका थियो ।


कार्यक्रममा सूम्निमा चलचित्रका निर्मात्री तथा निर्माताद्धय खेजी राई र अमृत राईको अतुलनीय योगदान रहेको समेत गायिका नेम्बाङले बताइन ।


गायिका नेम्बाङले सामाजिक सञ्जाल फेसबुक मार्फत गीतकार तथा गायक सुवर्ण नेम्बाङ, बिगेसोका सभापति पदम सुन्दर लिम्बु, बि.एफ.बि.एस. रेडियोका प्रबन्धक योगराज राई,


रेडियो परिवार, एभरेस्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्र नेम्बाङ, फोटो पत्रकार मिलन तमु गुरुङ, साम्बाददाता पुर्ण गुरुङ, गीतकार तथा गायिका रिता फोम्बो ठुली, प्रस्तुतिमा साथ दिनु हुने गायक राजेन्द्र नेम्बाङ कार्यक्रमका साथसहयोग जुटाउने हुने सकुन नेम्बाङ, गायिका गौरी सावदेन,
गायक कृष्णराज मेन्याङ्बो लगायत । कार्यक्रमका उपस्थित हुने एवं नभइ प्रत्यक्ष वा अप्रत्यक्ष साथ सहयोग गर्नु हुने सबैमा धन्वाद प्रकट गरेकीछिन ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*