दोस्रो यूरोप साङ्गीतिक भ्रमणमा रहेको पालाम क्वीन गायिका मनु नेम्बाङ यतिखेर बेलायतको विभिन्न स्थानमा कार्यक्रम प्रस्तुतिको चटारोले अति व्यस्त बनेकी बताइन । एकल साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा फल्कस्टोन र फेलथम लण्डनमा भइसको छ भने ननिटोनमा आगमी फेब्रुअरी १६मा रहेकोछ ।
फल्कस्टोनमा आफ्नो आमा बाबाको स्मरणमा बनाएको गीत प्रस्तुत गर्दा सबै दर्शक श्रोताको रुवाबासी चलेपछि नेम्बाङको कार्यक्रम माग अत्याधिक बढेको गीतकार तथा गायक सुवर्ण नेम्बाङले बताउनु भयो । शब्द, भाव र सङ्गीतको उत्तिकै भावुक पक्षमा गायिका नेम्बाङको माझिएको स्वरमा भावुक
भएर गाएपछि कसैको मन नथामिएको चलचित्र सुम्निमाका निर्मात्री खेजी राईले बताउनु भयो ।
बेलायतमा रहेका नेपालीहरूमाझ एकाएका कार्यक्रमको माग बढेपछि प्रस्तुतिको लागि व्यवस्थापन गर्न अत्यन्तै गठिनाइ भएको गायिका नेम्बाङले बताउनु भयो ।
एकल प्रस्तुतिको साथ निवारे पान्हा गीति एल्बम समेत लिएर गएका नेम्बाङको एल्बम खोसामार भएको बताउनु भयो । अगामी फेब्रुअरी १६ बाट लगातार कार्यक्रमहरू भएकोले फरक ठाउमा फरक प्रस्तुतिको साथ दर्शक स्रोतालाई मनोरञ्जना गराउने गायिका नेम्बाङले बताउनु भयो ।
Leave a Reply