अस्पतालको लापरवाहीले सिरुको शिरै रहेन ।


जोरपाटी अबस्थित नेपाल मेडिकल कलेज अस्पतालको लापरवाहीले प्रसुती हुनेक्रममा सिरु राईको ज्यान गएको छ । आमाको ज्यान गएसंगै नाबालक छोरी सिरुना राईको स्वस्थ्य स्थिति खराब भएको छ ।


एस्कासी ज्वरो बढेपछि अन्तराष्ट्रिय बाल मैत्री अस्पतालमा भर्ना गरिएको नाबालकको आफन्त विशन राईले बतायनु भयो ।

बालकको छातीमा निमोनिय भएपनि स्वस्थ्य स्थितिमा सुधार हुँदै गएको डा. शान्ता तुलाधरले बताउनु भयो ।
सिरु राईको गत माघ १७ गते सुत्केरी हुने क्रममा रत्तचाप बढेर ज्यान गएको मृतकको श्रीमान अर्जुन राईले बताए ।


सुत्केरी व्यथा लागेपछि अप्रेसन गर्नु परेको र अप्रेसन सफल भएपनि केही घण्टापछि रत्तचाप अत्याधिक बढेर रत्तश्रापको कारण ज्यान गएको अस्पताल प्रमुख प्रध्यापक प्रमोदकुमार क्षेत्रीले बताउनु भयो ।

रत्तश्राप बढेपछि अतालिँदै आफूले राम्रो उपचार अस्पतालबाट नपाएको गुनासो श्रीमानलाई फोनसम्पर्कमा बताएको मृतकका श्रीमान अर्जुन राईले बताउनु भयो ।


मृतक सिरु राईको माइत हिलेपाली, विसौना (मानेभञ्ज्याङ–६) हो भने विवाह २०७५ साल माघ २५ गते होल्माफू, वाक्सा (मानेभञ्ज्याङ–२) निवासी अजुर्न राईसंग भएको थियो ।

About Everest News 717 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*