लिम्बु समुदायकी ढुकढुकी गायिका मनु नेम्बाङले ननिनटोनमा भव्यताको साथ साङ्गीतिक साँझ सम्पन्न भएकोछ ।
किरात याक्थुङ चुम्लुङ, ननिनटोन शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उपस्थित आम दर्शकदिर्घालाई गायिका नेम्बाङको प्रस्तुतिले मन्त्रमुग्ध बनाएको सांस्थाका अध्यक्ष चन्त वनेमले बताउनु भयो ।
पुरुष भोकलमा गीतकार तथा गायक सुवर्ण नेम्बाङसंगको प्रस्तुतिले अझ कार्यक्रमको रौनक बढेको सांस्थाको उपाध्यक्ष उपाध्यक्ष भिम मादेनले बताउनु भयो ।
कार्यक्रमलाई सिलासिलाबद्ध र रोचक तबरले सुजता लिम्बु संचालन गर्नु भएको थियो ।
गायिका नेम्बाङले आफ्ना सम्पूर्ण प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गर्नु हुने आफ्ना सम्पूर्ण शुभ चिन्तकहरूमा फेसबुक मार्फत सबैलाई अभारी समेत व्यक्त गर्नु भएकोछ ।
Leave a Reply