एजेन्सी । विश्वमा अनौठोको घटना घट्छ । यस्तो मामलामा अमेरिका अरु देश भन्दा अगाडी रहेको छ ।
हालै मात्र अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो ।
बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्करलाई न्यायाधिशले पद तथा गोपनियताको सपथ न्यायाधीश लिनेट केल्सीले खुवाएका हुन् ।
गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो ।
कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए ।
समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ ।
Leave a Reply