लामो समयदेखि बेलायत भ्रमणमा रहेकी पुर्वेली लोकप्रिय गायिका मनु नेम्बाङको आगमी २९ फेब्रुअरी २०२० अल्टरसोट स्थित एम्पायर हलमा एकल साङ्गीतिक प्रस्तुति हुने भएको छ ।
किरात याक्थुङ चुम्लुङ यू.के. रशमोर शाखाको आयोजनामा हुने कार्यक्रममा आफ्नो विविध प्रस्तुतिहरू रहने गायिका नेम्बाङले बताउनु भयो ।
अत्यन्तै चिसो मौसमको बाबजुत बाक्लो कार्यक्रम प्रस्तुतिले आफू केही अस्वस्थ्य रहेपनि कार्यक्रमको पूर्वतयारी राम्रो रहेकोे बताउनु भयो । कार्यक्रम प्रस्तृतिसंगै गायिका नेम्बाङले आफ्नो नया गीति एल्बम निवारे पान्हा दर्शक स्रोतालाई सुम्पने बताउनु भयो ।
दोस्रो साङ्गीतिक यात्राको क्रममा बेलायत पुगेकी गायिका नेम्बाङको फल्कस्टोन, लण्डन, ननिटोनमा कार्यक्रम प्रस्तुत भइसकेका छ भने अन्य क्षेत्रमा कार्यक्रतयारी हुँदै गरेको गायिका नेम्बाङले बताउाु भयो । पुर्वीली लोकप्रिया गायिका नेम्बाङ लिम्बु समुदायकी ढुकढुकी नै हुन ।
लिम्बु समुदायकी हाक्पारे र पालाम क्वीनका रुपमा परिचित नेम्बाङ बेलायतको प्रस्तुतिपछि बेल्जियम, जर्मन, स्वीजरल्याण्डको प्रस्तुतिपछि नेपाल फर्कने बताउनु भयो ।
Leave a Reply