सम्वाददाता
काठमाण्डौँ । व्यस्त शहर, कोलहल र भिडले निशासिएर बाँच्नु शहरी जीवनको पर्याय नै बनेको छ, आजकाल काठमाण्डौँ जस्ता अस्तव्यस्त विकासोन्मूख शहरको लागि ।
यहि भिडबिच केही युवायुवतीहरू भने शहर भन्दा परको सुन्दर प्राकृतिक छटामा रम्ने बानी परिसकेकाछन ।
हरेक महिनाको शनिबार हाइकिङ अर्थात पदयात्रामा जुटछन यी युवाहरू (महिला पुरुष दुबै)। रत्नराज्य लक्ष्मि क्याम्पसका पर्यटन विकास विषयका शिक्षक डा. डोल राज काफ्लेको नेतृत्वको टोली हो यो हाइकिङ ।
पर्यटन विकास व्यवाहारिक ज्ञानसंग सम्बन्धीत विषय भएको र शैक्षिक भ्रमणको लागि क्याम्पसले कुनै तागरुकता नदेखाएकोले व्यक्तिगत पहलबाट हरेक वर्ष यसरी नै पदयात्राको माध्यमबाट नेपाल पर्यटन विषयसंग सम्बन्धीत आधारभूत ज्ञान दिने गरेको बताउनु डा. काफ्ले ।
हाइकिङ जाने बानीपरेपछि शनिबार पनि आजकाल कलेज डे जतिकै उर्जाशील अनुभूति हुने थालेको बताउछिन सहभागी अनुशा रोका ।
हँसिला मुद्रामा उनी थप्छिन “कलेज बिदाको दिन पहिला त अल्छि लाग्थ्यो र ढिलोसम्म सुतिन्थ्यो, आजकाल त शनिबार झन छिटो निन्द्राले छोड्छ हाइकिङको मोहले”।
अर्का सहभागी विष्णुप्रसाद अर्याल उत्तिकै जोशीला र हँसिला पात्र हुन । चन्द्रगिरीको हाइकिङ लगातै हजुर आमाको दुःखत निधनले घर गुल्मी फर्केका अर्याल हजुर आमाको विधिपूर्वक अन्तेष्टिपछि रातारात शनिबार विहान मात्रै काठमाण्डौँ आइपुगे ।
उनी कतै अडिएनन् सिधै पदयात्रामा सहभागी हुन आइपुगे । भावविह्ल मुद्रामा उनले बताए
“के गर्नु दैबको लिला जे नहुनु थियो त्यो भइसक्यो । एक्लै पिडामा बस्नुभन्दा बरू स्वथ्य नि राम्रो हुने साथी भाइसंग पनि भेटघाट हुने साचेर सिधै हाइकिङमा आएँ” ।
अर्याल छुट्ने पीरले सबै सहपाठीहरू न्यास्रो मान्दै थिए । किनकी उनी मिजासिला मात्रै हैनन् अति नै हसौली स्वभावकाछन ।
गलामा सानो साउण्ड बक्स र भजन गीत कहिल्यै छुट्दैन । अरू भजन सुन्छन तर उनी भजनमा फनफनी घुमेरा नाच्छ र अरुलाई नचाउछ । उनको यही अत्भूत तरिकाले हाइकिङमा रमाइलो गर्ने नया आयम बन्यो ।
पदयात्रामा अर्यालका समुहले भजन टोली उपनाम नै पाएकाछन ।
यो समुहको अर्को विषेशता यात्राको क्रममा अरू कसैलाई देख्यो कि होहल्ला गरेरै भए पनि आफ्नो नाच हेर्न बाध्य पार्ने ।
कठै यसपटकको यात्रामा अर्याललाई हजुरआमाको स्वर्गरोहणले मन र मुटुमा ठूलो भारी गडिए पनि सहयात्री माझ उनको भूमिका कायम नै रह्यो उनले देखाएको सहयात्री प्रतिको अतुलनीय भाव र स्नेहले सबै नतमस्त भए ।
सम्पूर्ण हाइकिङ समुहको तर्फबाट मृतक आत्मले शान्ति पाओस हार्दिक समबेदना ।
पिडामा परेका अर्याल मात्रै होइनन् । विगतका विद्यार्थीहरू समेत सहभागी थिए यसपटक ।
पदयात्राको माध्यमबाट पर्यटन विकास हुने एकतर्फ छ भने अर्कोतर्फ यसबाट व्यक्तिगत रुपमा मानसिक र शारीरिक दुबै पक्षकोलाई फाइदा पुग्ने भएकाले गतसालदेखि नै लगातार सहभागी भएको बताइन युजु खालिङले ।
सङ्गैरहेकी सुष्मा सुवेदीले प्रफुल्लितहुँदै थपिन “म नि हाइकिङ आउन असाध्यै मन पराउछु । तैपनि अघिल्लो पटकको लागि चाही जनाकरी नभएर छुटेछु” ।
पदयात्राको अर्को सवल पक्ष डा. काफ्लेले सहभागीहरूलाई घरी योगा शिक्षा र स्वस्थ्यका कुरा, घरी इतिहासका पाना पल्टाउदै यात्रालाई थप उर्जाशील बनाउनु हुन्छ ।
सबै विद्यार्थीहरूमा भाइचारा र आत्मियताको विकास हुनु यस पदयात्राको अर्को सवल पक्ष हो । आपसी मेलामिलाप, सहयात्री र सहपाठी बन्नु हाइकिङको उपलब्धी हो ।
यसै सन्दर्भलाई सहभागी नारायण प्रधान थप्नु हुन्छ
“पैदल यात्रा सधै आफूलाई सप्तान्तमा ताजा गर्नको लागि उत्तम मनोरञ्जनात्मक उपचार विधि हो।
यो नयाँ ठाउँहरू भ्रमण गर्न र पर्यटन पक्षको अन्वेषण गर्न धेरै राम्रो हो। यात्रा सिक्नुको उत्तम रूप हो । पर्यटनले स्थानीय व्यापार र सांस्कृतिक महत्वको प्रवर्धन गर्न मद्दत गर्दछ। मैले मित्रहरूसंग अद्भुत सम्बन्ध भेट्टाएको छु।
जुन ठाउँ मरणोत्तर ऐतिहासिक स्थल हो, हाम्रो पूर्वजहरू र स्वर्गीय कालु पाण्डेको बहादुरी बुझ्नका लागि। यो एकदम सुन्दर र छोटो दूरीको यात्रा हो जहाँ तपाईं सीमित बजेटको साथ जान सक्नुहुनेछ र सप्ताहन्त रमाईलो बनाउन सक्नुहुनेछ।
यसका साथै स्थानहरूको चरणबद्ध विकास भइरहेको छ, आशा छ यो होटल रेष्टुरेन्टहरुसंग आगन्तुकहरुको लागि पूर्वाधार विकासको काम भइरहेकोछ।
म बिल्कुल र निश्चित रूपमा फेरि भेट्न आउनेछु” ।
Leave a Reply