ब्लिचिङ पाउडर र विकिनीको यस्तो साइनो


पानी सुरक्षित भएपछि प्रथम विश्वयुद्धको समाप्तिसँगै अमेरिका दश हजार सार्वजनिक पौडी पोखरी बनाइए । त्यो कुरा बेग्लै हो कि कुनै बेला नुहाउने कुरा पश्चिमा समाजमा बर्जित जस्तै थियो । अहिलेजस्तो दिनहुँ नुहाउने त परै जाओस् । मानिसहरु बर्षौंसम्म ननुहाई बस्दथे ।

पौडी पोखरी बनेपछि नुहाउन नखोज्नेहरु आमरुपमा पौडी खेल्न थाले । त्यतिबेला महिलाहरु पौडी पोखरीमा जाँदा पुरै शरीर ढाक्ने वस्त्र लगाएर जान्थे ।

सन् १९२० सम्ममा महिलाहरु पौडी पोखरीमा पुग्दा घुडाँसम्म देखाउन सक्ने भए । त्यसपछि तिघ्रा र शरीरको पछाडिको भाग र उपल्लो भाग पनि खुल्दै गयो । सन् १९२० मा एक महिलाको लागि पोखरी पहिरन बनाउन ९ मिटर कपडा चाहिन्थ्यो भने सन् १९३० मा आउँदा त्यो खुम्चिएर एक मिटर भन्दा कम (खासमा ९० सेन्टीमिटर) भए पुग्ने भयो । र, यसरी क्लोरिन क्रान्तिले महिलाको पहिरनमा पनि क्रान्ति ल्यायो । ब्लिचिङ पाउडरको प्रयोगले विकिनी जन्मायो ।

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*