गायिका नेम्बाङलाई छुम्मा सम्मान

यूरोप साङ्गीतिक यात्राको क्रममा बेलायतमा रहेकी पूर्वेली लोकप्रिया गायिका मनु नेम्बाङलाई किरात याख्खा छुम्मा बेलायतले सम्मान गरेकोछ ।


विश्वाभरि फैलिएको महामारी रोग कोरोनाको असरको कारण पूर्व तयारीमा रहेको कार्यक्रमहरू स्थगन भएको अबस्थामा समेत याक्खा छुम्माले हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरि सम्मान गरेकामा गायिका नेम्बाङ अत्यन्तै आभारी भएको कुरा उनले स्टाटस्मा उल्लेख गरेकीछिन ।


संस्थाका अध्यक्ष गुणराज खायाखिम, सचिव शिबचन जिमि लगायत सबै पदाधिकारी एवं छुम्माका सल्लाहकार तथा विगेसोका प्रबक्ता धन रोगुलाई हार्दिक आभार व्यक्त गरेकीछिन ।


विश्व स्वस्थ्य संगठन (WHO)ले कोरोनाको कारण विश्वका सबै मुलुकलाई सचेत हुने सूचना जारी गरेसंगै यूरोप, अमेरीका लगायतका विश्वाका सबै मुलुकहरू यतिखेर संकटकालिन अबस्थामा रहेको छ ।


चीनको वुहान प्रान्ताबाट सुरु भएको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण अहिलेसम्म १ सय ६२ देशमा पुगेको छ ।
अहिलेसम्म १ लाख ८२ हजार ७ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १ सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार ७ सय ६ जनाले उपचार गराइरहेका छन् ।


७९ हजार ८ सय ८४ जना निको भएका छन् । ७९ हजार ८ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका १ जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (WHO) ले जनाएको छ ।


कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डोमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएको र अरु सङ्क्रमित नभएको’ उल्लेख गरेको छ ।

About Everest News 717 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*