कोरोना भाइसबारे भ्रम फैलाउने विवेक पक्राउ ।

काठमाण्डौँ, चैत्र–८ । सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना भाइसर (कोभिड १९)बारे भ्रम फैलाउने रामेछापका १९ वर्षीय विवेक थापामगर पक्राउ परेकाछन ।

फोटो : निजकै फेसबुकबाट साभार


मगरले नर्भिक अस्पताल, काठमाण्डौँमा ६ जना कोरोना भाइसर (कोभिड १९) संक्रामित भटिए पनि सरकारले सूचना लुकाएको भन्दै गलत अडियो प्रचार गरेको थियो ।

उक्त सूचना मगरले सोही अस्पतालमा कार्यरत मार्फत गोप्य तबरले जानकारी पाएको र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि केही संक्रामित व्यक्तिको मृत्यू भएको भनि अफवाह फैलाएको थियो ।


साइबर ब्यूरो स्रोतका अनुसार उक्त अडियो शनिबार बिहान ८:00 बजेतिर अपलोड भएको थियो । सो अडियो सार्वजानिक भए लगतै सत्य तथ्य बुझ्ने क्रमममा नर्भिक अस्पतालमा सम्पर्क गर्दा अस्पतालको नायब महाप्रबन्धक आर.पी. मैनालीले कोभिड-१९ संक्रामित कोही नरहेको बताउनु भयो ।

सो घटनापछि आमजनमासमा आतंक नफैलियोस भनेर अस्पतालले प्रेस विज्ञाप्ति समेत जारिगरेकोछ ।

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*