एजेन्सी । विश्वामा फैलिएको महामारी कोरोना (कोभिड–१९)बाट संक्रमितको संख्या ५ लाख भन्दा बाढि पुगेको छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना संक्रमितकाे संख्या ५ लाख ३१ हजार ८०४ पुगेकाे छ ।
संक्रमितमध्ये १ लाख २३ हजार ९४२ जना भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले ३ लाख ८३ हजार ७८९ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १९ हजार ३५७ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या तीव रूमा फैलिरहेकाे छ । अमेरिका, इटाली, स्पेन, जर्मनी, इरान, फ्रान्स र स्वीजरल्याण्डमा काेराेकाे संक्रमण तीव्र रूपमा फैलिरहेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै ६० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरीकामा अति तिब्र रुपमा फैलिएको छ ।चिन र इटाली भन्दा पनि अबको खतरा अमेरीका हुनसक्ने पछिल्लो तथ्याङ्कले देखाएकोछ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अमेरिकामा काेराेनाबाट संक्रमित हुनेकाे संख्या ८५ हजार ३७७ पुगेकाे छ । काराेनाकाे उद्गम स्थल चीनमा भने अहिलेसम्म ८१ हजार ३४० जना काेराेना संक्रमित भएका छन् । त्यस्तै इटालीमा काेराेना संक्रमितकाे संख्या ८० हजार ५८९ पुगेकाे छ ।
चीनमा निकाे हुनेकाे संख्या एकदमै धेरै छ भने अमेरिका एकदमै कम छ । अहिले चीनमा ७४ हजार भने पूर्ण रूपमा निकाे भइसकेका छन् । ३ हजार ४६० जनामा मात्रै काेराेना सक्रिया रहेकाे छ । अमेरिकामा भने १ हजार ८६८ जना मात्रै पूर्ण रूपमा निकाे भएका छन् । ८२ हजार २१४ जनामा काेराेना सक्रिय रहेकाे छ ।
त्यस्तै इटालीमा १० हजार ३६१ जना पूर्ण रूपमा निकाे भएका छन् । अहिले इटालीमा ६२ हजार १३ जनामा काेराेना सक्रिय रहेकाे छ ।
काेराेना धेरै संक्रमित हुनेमा स्पेन चैथाे नम्बरमा पर्छ । अहिलेसम्म स्पेनमा ५७ हजार ७८६ जना काेराेनाबाट संक्रमित भएका छन् । त्यस्तै जर्मनमा ४३ हजार ९३८, इरानमा २९ हजार ४०६, फ्रान्समा २९ हजार १५५ , स्वीजरल्याण्डमा ११ हजार ८११, दक्षिण काेरियामा ९ हजार २४१, नेदरल्याण्डमा ७ हजार ४३१, अष्ट्रेलियामा ६ हजार ९०९ जना काेराेना संक्रमित छन् ।
पछिल्लाे २४ घण्टामा मात्रै अमेरिकामा १७ हजार १६६ जना थप काेराेना संक्रमित भेटिँदा चीनमा भने ५५ जना मात्रै थप काेराेना संक्रमित भेटिएका छन् ।
त्यस्तै इटालीमा ६ हजार २०३, स्पेनमा ५७ हजार ७८६, जर्मनमा ६ हजार ६१५, इरानमा २ हजार ३८९, फ्रान्समा ३ हजार ९२२, स्वीजरल्याण्डमा ९१४, नेदरल्याण्डमा १ हजार १९, अष्ट्रेलियामा १ हजार ३१२ जना थप काेराेना संक्रमित भेटिएका छन् ।
२४ हजार बढीकाे मृत्यु
काेराेना भाइरसबाट अहिले विश्वभर २४ हजार ७३ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली र त्यसपछि स्पेन पर्छ ।
काेराेना भइरसका कारण अहिले इटालीमा ८ हजार २१५ र स्पेनमा ४ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् । चीनमा भने ३ हजार २९२ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै काेराेनाका कारण अमेरिकामा १ हजार २९५, जर्मनीमा २६७, इरानमा २ हजार २३४, फ्रान्समा १ हजार ६९६, स्वीजरल्याण्डमा ९१४, बेलायतमा ५७८, दक्षिण काेरियामा १३१, नेदरल्याण्डमा ४३४ र अष्ट्रेलियामा ४९ जनाले ज्यान गुमाइसकेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका करिब २०० देशमा फैलिसकेको छ । (न्यूज २४ तथा एजेन्सीबाट)
Leave a Reply