बैशाख ५ गते सम्म लकडाउन, २०४ देशमा महामारी ।

काठमाण्डौँ, चैत्र-२१ । चिनको वुहान प्रान्तबाट अति तिब्र रुपमा विश्वभर फैलिएको महामहारी रोग कोरोना (Kovis-19) को प्रभाव न्यूनिकरणको लागि नेपाल सरकारले आगमी २०७७ साल बैशाख ५ गतेसम्म लकडाउन लागुगर्ने संकेत देखिएको छ ।


बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारलाई आगमी बैशाख ५ गते सम्मलाई लकडाउन लम्ब्याउने संकेत देखिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनु भयो ।

खानाको अभावले सडकबाटै माग्दै


गत चैत्र १० गतेबाट १८ गतेसम्मलाई भनिएको लकडाउन चैत्र २५ गतेसम्मलाई लागु गरिएको छ ।
लकडाउन बढेसंगै निम्न आय स्तर भएका विपन्न नागरिकलाई ठुलो समस्य परेकोछ ।


दैनिक ज्याला मजुदुरीमा बाच्ने नागरिकहरूलाई लक्षित गरि नेपाल सरकारले राहत कार्यक्रम संचालनको घोषणा गरेतापनि प्रभावकारी तबरले लागुहुन सकेकोछैन ।


दैनिक उपभोग्य वस्तु तथा ठूलो परियोजनालाई भने सामाजिक दुरी कायम गर्दै सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अहिलेसम्म भए गरेका गतिविधिको पुनरावलोकन गर्दै अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन र आयोजनालाई गति दिन उक्त निर्णय गरेको हो ।


मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने भए त्यसलाई पनि सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

ती उद्योग सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्नेछ । सञ्चालन गर्ने उद्योगलाई स्थानीय प्रशासनको आवश्यक सहयोग रहने छ । उद्योग सञ्चालन गर्दा भने आवागमन गर्न पाइने छैन ।


समितिको बैठकले तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदूर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिइ भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

अन्य आयोजनालाई पनि आफ्नै क्षेत्रभित्रका मजदूर बाहिर नपठाइ परिचालन गरेर सञ्चालन गर्न अनुमति दिने र यसको सहजीकरण भने स्थानीय प्रशासनले गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो ।


लक डाउनलेको असरले काठमाण्डौँको सडकमा कोही रुँदै हात थाप्ने देखि लिएर काठमाण्डौँदेखि रित्तै पैदल यात्रा गरि टाढाटाढा जिल्लाका नागरिकहरू फर्कन बाध्य भएको समाचारले जनजीवन कष्टकर र भयबह बन्दै गएको स्थिति बुझिन्छ ।


टिमोरलेस्टेमा एक जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएसंगै विश्वाका २ सय ४ देशहरूमा कोरोना फैलिएको छ ।


यसैगरि २ वटा अन्तराष्ट्रिय पानीजहाजमा पनि यो रोग फैलिएकोछ ।

कोरोनाबाट हालसम्म १० लाख १४ हजार २ सय ९७ जना संक्रामित भएकाछन भने २ लाख १२ हजार १८ जनाको उपचारपछि निको भएकाछन ।
७ लाख ४९ हजार २ सय ९७ जनाको उपचार भइरहे

को छ भने ५२ हजार ९ सय ८२ जना ज्यान गएकोछ ।
गत २४ घण्टामा फ्रान्समा मात्रै १ हजार ३ सय ५५ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ भने जम्मा कोरोनाबाट फ्रान्सको हालसम्मको ज्यान गुमाउनेको संख्या ५ हजार ३ सय ८७ जना पुगेकाछ ।


यसैगरि स्पेनमा गत २४ घण्टामा मात्रै ९ सय ६१ जना जम्मको मुत्यू भएको छ भने हालसम्मको स्पेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ जना पुगेकाछन ।


इटाली गत २४ घण्टामा ७ सय ६० जनाले ज्यान गुमाएसंगै मृतकको संख्या १३ हजार ९ सय १५ जना पुगेकोछ भने हालसम्मको संक्रामित संख्या १ लाख १५ हजार २ सय ४२ जना रहेकाछन ।


अमेरीकामा पनि गत २४ घण्टामा ७ सय ८१ जनाको कोरोना संक्रमणबाट ज्यान गएकोछ ।
हालसम्म ५ हजार ८यस ८३ जनाको जम्ममा मुत्यू भइसकेको छ भने
संक्रामितको संख्या २ लाख ४४ हजार २ सय ३० जना रहेकान ।


हाल संयुक्त राज्य अमेरीका सबैभन्दा उच्च जोखिममा रहेको विश्वा स्वस्थ्य संगठन ले समाचारमा जनाएको छ ।
विश्वविख्यात विश्लेषक तथा आधुनिक भाषा विज्ञानको पिता दार्शनिक एवं लेखक नोम चोम्सकीले अमेरीका उति ठूलो संकटमा पर्नु राष्ट्रपति डोनाल्ड ड्रम्पको कमजोरी र वेवस्ताले भएकोे बताउनु भएकोछ ।


राष्ट्रपति ट्रम्प र नवउद्धारबादी औषधी व्यावसायीले यस्तो किसिमको महामारी रोगबाट कम्पनीलाई खासै फइदा नहुने भएकोले समयमै यसप्रति ध्यान नदिँदा लाखौँ अमेरीकी नागरिकहरू मर्नु परेका बताउनु भयो ।


केही हप्ता अगाडि नै राष्टपति ट्रम्पलाई महामारीबाट अमेरीका खतरा पर्न सक्ने चेतावनी दिएपनि उल्टो चाइना भाइरसले अमेरीकन नागरिकलाई छुन सक्दैन भन्दै नागरिकलाई सजक हुन तथा लक डाउन गर्न मानेको मानेन । हाल भने कडाइ रुपमा अमेरिकामा लक डाउन जारी गरिएकोछ ।


यसैगरि चीनमा पनि गत २४ घण्टा ६ जना संक्रमणबाट ज्यान गएसंगै मृत्यू हुनेको संख्या ३ हजार ३ सय १८ जना पुगेको छ भने ३५ जना नया संक्रमित भेटिएको छ । चिनमा पूर्णूपमा नियन्त्रण भइ दोस्रो पटक संक्रमण देखिएको हो ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*