बैशाख–८, काठमाण्डौँ । नयाँ बर्षको शुरुवात यसपाली त्यती भब्य हुन सकेन । कोरोनाको प्रभावले गर्दा सबै जना बिगत केहि समयता हामी घर भित्र नै छौँ ।
नयाँ बर्षको रौनक धुमधाम नभएता पनि सबैका लागि यो दिन बिशेष हुने नै भो । साथी भाई, आफन्तहरू सबै जनासँग फोनमा कुरा गरेर साथै म्यासेन्जरमा म्यासेज गरेर शुभकामना आदनप्रदान गर्नु मै नयाँ बर्ष सिमित रह्यो ।
नयाँ बर्षको शुरुवात यसपाली त्यती भब्य हुन सकेन । कोरोनाको प्रभावले गर्दा सबै जना बिगत केहि समयता हामी घर भित्र नै छौँ ।
नयाँ बर्षको रौनक धुमधाम नभएता पनि सबैका लागि यो दिन बिशेष हुने नै भो । साथी भाई, आफन्तहरू सबै जनासँग फोनमा कुरा गरेर साथै म्यासेन्जरमा म्यासेज गरेर शुभकामना आदनप्रदान गर्नु मै नयाँ बर्ष सिमित रह्यो ।
मलाई पनि बिहानैदेखि साथीभाइ,आफन्तहरूको फोन आउन थालीसकेको थियो । नयाँ बर्षको शुभकामनाका साथै घरैमै बस्नू, बाहिर ननिस्किनू भ
न्ने उर्दी पनि सँगैजारी थियो ।
मैले पनि साथी–भाइ तथा आफन्तहरूलाई सम्झिएँ । शुभकामना दिएँ । अनि सम्झिएँ ति साहसी मनहरूलाई जो मेरो जीवनसँग नजिक छन् ।
यसो बिचार गरेँ, म त घर भित्र सुरक्षित छु । उनीहरू आज पनि आफनो जीम्मेवारीकालागि यस बेला बाहिर निस्किएकाछन् । सबैसँग फोनमा, म्यासेन्जरमा कुरा गरँे । उनीहरूका सकरात्मक बिचार र उच्च मनोबलले मलाई निकै हर्षित बनायो ।
यो आफैमा एक उदाहरण थियो । यस्ले मलाई निकै उर्जा दिएको छ । म ती साहसी मनहरूलाई नमन गर्दछु । आभार प्रकट गर्दछु ।
मिडिया,स्वास्थ्य तथा सुरक्षामा आबद्ध साथीभाइका प्रेरणादायी कुराहरूलाई यो लेखमा समेट्ने जमर्को गरेको छु ।
ईमेज एफएममा बज्ने शुभ दिन कार्यक्रमको म नियमित श्रोता हुँ । म मात्र हैन शुभ दिन कार्यक्रमको श्रोता धेरैजना हुनुहुन्छ । यो सबैलाई मनपर्ने कार्यक्रम पनि हो ।
यस कार्यक्रम मार्फत सदैब सकरात्मक संदेश तथा विविध बिषयको जानकारीहरू सम्प्रेषण हुदैँ आइरहेको छ । कार्यक्रमका प्रस्तोता तथा सञ्चारकर्मी जि.पि. तिमलसेनाजी यो बखत सबैमा सकरात्मक सोच राख्नहुन आग्रह गर्नुहुन्छ ।
हो हामीहरू पनि यो अबस्थाबाट गुज्रिरहेका छौ, तथापी केही समय हामी हाम्रो श्रोताहरूका लागि सकरात्मक तथा जानकारीमूलक सूचना सम्प्रेषणका लागि खटिएका छौ ।
यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो । हामी हाम्रो कार्यक्रममा बिशेषत चौतर्फी बिकास,बिज्ञान तथा प्रबिधि,राजनीति, मनोरञ्जन, बिश्व समाचार,स्वास्थ्य लगायतका बिषयहरूलाई प्रशय दिने भएकाले यस्ले सर्बसाधरणहरूलाई समय सापेक्ष जानकारी राख्न सजिलो हुने बताउनुहुन्छ ।
म लगायत यस कार्यक्रमका अन्य प्रस्तोताहरूले सर्बसाधरणहरूमा सकरात्मक संदेश प्रवाह गर्नु सक्नु नै आफनो टिमको लक्ष्य भएको र यसका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता वहाँ ब्यक्त गर्नुहुन्छ । यो एक जिम्मेवारीका साथै मानबीय संबेदनासँग जोडिएको कुरा पनि हो । वहाँ जस्तै मिडियाका अन्य जिम्मेवार पत्रकार साथीहरू समाजको दर्पण भएर वास्तबिकतालाई उजागर गर्न ।
बिषम परिस्थितिको सामना गर्न, सरकार एवम् सम्बन्धित निकायलाई मार्गदर्शकको रुपमा काम गर्नुपर्ने बताउनुहुन्छ । यस्का लागि मिडिया हरसम्भव तवरले लागिपरेको र थुप्रै प्रशंसनिय कार्यहरू हुदैँ आएको बताउनुहुन्छ ।
यस्तै इमेज टेलिभिजनमा कार्यरत अति नै मिल्ने साथी रबिन श्रेष्ठ एम. सि. आरका प्राबिधिक हुन् । उनी पनि निरन्तर आफनो काममा खटिरहेकाछन् ।
कहिलेकाही मलाई फोन गरेर आफनो अनुभब सुनाउँदा उ निकै नै हौसिएका हुन्छन् । आफनो काम भन्दा पनि यो बेला मानबीयताको नाताले पनि आफनो जीम्मेवारीलाई पुरा गर्ने हौसाला मिलेको उनी बताउँछन् ।
भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत मिलनसार स्वस्थ्यकर्मी मित्र प्रदिप शर्मा पनि बिगत एक महिना यता निरन्तर आफनो काममा सक्रिय छन् । कोरोनाको यस्तो माहामारी तथा जोखिमका बाबजुद अस्पताल जाने तथा आफनो काममा दत्तचित्त भएर लागीपरेका छन् ।
“अरे साथी तिमी त निकै जोखिममा छौँ, के तिमीलाई डर लाग्दैन ?” प्रश्न र्तेसाउदा प्रदिप हासीँ हासीँ भन्छन् । हो, समस्या छ तर के गर्नु समस्या भन्दा आफनो जीम्मेवारी नै ठुलो हो फेरी म यति संवेदनशिल पेशामा छु ।
जसको लागि मैले आफनो कर्तब्य अबश्य पनि निभाउनु पर्छ । म कहाँ एक्लो छु र ? अस्पतालमा बिरामी तथा बिरामीका आफन्तहरू पनि छन् । यस्तो समयमा पनि हामीहरू यसरी खटेको देख्दा सबैले हामीलाई स्याबासी दिन्छन् ।
बिरामीहरू पनि खुशी देखिन्छन् । म लगायत देशभर अन्य स्वास्थ्यकर्मीहरू पनि यसरी आफनो कर्तब्य निर्वाह गरीरहेका प्रदिप बताउँछन् । स्वास्थ्य जस्तो कुरामा निकै गम्भिर हुनुपर्ने उनी बताउँछन् ।
सर्तकता र सजगता अपनाउने उनी बिशेष जोड दिन्छन् । कोरोनाको शिकार कोही हुन नपरोस यस्का लागि भरसक सामाजीक दूरी कायम राख्नमा नै बुद्धिमानी रहेको उनी सुनाउँछन् ।
दिर्घरोगीहरू र अस्पतालमा नियमित स्वास्थ लाभ लिन आउने मानिसहरुलाई सहज वाताबरण सृजना होस भन्ने हेतुले डाक्टर तथा अस्पतालका सबैजना अहोरात्र खटेकोमा आफुमा यस्ले हौसला आएको उनी बताउँछन् ।
यो हाम्रो पेशाको मर्यादा पनि हो । यसो भन्दै गर्दा प्रदिप निकै गौरान्बित महशुस गराईरहेको थियो ।
लकडाउनको समयमा घरै बसेतापनि हामीले बिभिन्न स्थानहरूको समाचार,अवस्था सजिलै हेर्न न बुझन पाएको छौ, जस्ताको तस्तै ।
साथी बर्षा शाह फोटो पत्रकार तथा सञ्चारकर्मीहुन् । यर्थाथतालाई सहि रुपमा सम्प्रेषण गर्नु र जनतालाई आफनो फोटो तथा समचारका माध्यमबाट सुसूचित गर्नु आफनो पत्रकारिताको धर्म रहेको र उक्त जिम्मेवारीलाई नियमित पुरा गरिरहेको बर्षा बताउनुहुन्छ ।
केही समय पहिला वहाँको अन्र्तवार्ता हेर्ने, सुन्ने मौका पाएको थिए । जसमा बर्षाले जस्तो सुकै बिषम परिस्थितिमा म सर्बसाधरण भन्दा पहिला सञ्चारकर्मी भएर आफुलाई सोच्छु र मेरो धर्म के हो र जनता प्रति मेरो दायित्व के छ त्यसबारेमा म सजग रहन्छु ।
अनि पहिला आफनो कामलाई प्राथमिकता दिएर मात्र सर्बसाधरण भएर सोच्छु भन्ने बिचार ब्यक्त गरेको मलाई अझै याद छ ।
बेलाबखतमा बर्षाको उत्कृष्ट कामहरू देख्न अनि पढ्न पाइन्छ । उनका काम हेर्दा लाग्छ, उनि निर्भीक र जीम्मेवारी छिन् ।
कोरोनाको त्रासदिपूर्ण अबस्थामा पनि उनी सुरक्षित भएर आफनो काममा लागेको बताउँछिन् । सुरक्षा र सर्तकता अपनाउनु पर्नेमा उनी बिशेषजोड दिन्छिन् ।
हुन त सडक खाली छ आजभोली । गाडीको चाप त्यति छैन । नेपाल ट्राफिकमा कार्यररत मिलनसार साथी हुनुहुन्छ यज्ञ खड्का । यो समयमा पनि नेपाल ट्राफिक, लगायत नेपाल प्रहरी, सशत्र प्रहरीका जवानहरू सडकमा उत्रिएका छन् ।
लकडाउनका अबधिभर घरमा बस्न आग्रह गरिरहेका छन् । अत्याबश्यक कामबाहेक अन्य अबस्थामा बाहिर ननिस्किन आग्रह गर्दैछन् ।
यो अफ्ठ्यारो परिस्थितिमा सुरक्षासेवामा कार्यरत नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीहरू बेलाबखतमा गीत गाएर, माइकिङ्ग गरेर, सृजनात्मक तबरबाट जनतालाई घर बाहिर ननिस्किन आग्रह गरिरहेकाछन् ।
सर्बसाधारणहरूलाई समहाल्न हम्मेहम्मेको स्थिति सृजना पनि नभएको हैन । मानिसहरू आफैले परिस्थितिलाई बुझनुपर्ने बेला उल्टै सुरक्षाकर्मीहरूसँग झगडा गरेर आक्रोश पोखेका दृश्यहरू पनि बग्रेल्ती देख्न पाएका छौँ ।
यस्तो अबस्थामा संयमीत भई सर्बसाधारणहरुसँग नरम व्यावहार गर्नु नै राम्रो हुन्छ । अब कसैले बेवास्ता गरी नियमको उल्लङ्घन गर्छभने त्यस्तालाई हदैसम्मको कारबाही गर्नुनै उचित हुन्छ ।
यज्ञजी लगायत अन्य साथीहरू आज घर परिवार नभनी आमजनताको सेवामा खटिदा ताली र गाली दुबै खाने गरेको बताउनुहन्छ ।
यसले कहिले हौसला त कहिले दुःखित बनाउछ । आखिर जीम्मेवारीबाट भागेर पनि त भएन ? जे होस हामी आफ्नो काममा निरन्तर लागि परेका छौँ । आमजनमानसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो ।
सरकारले आफनो तबरले जोखिमको न्यूनिकरणको लागि अभ्यासजारी राखेकोछ । हामी आमनागरिकहरूले सतर्कता अपनाउनु र राज्यले अंगिकार गरेको नियमको पालना गर्नु हाम्रो कर्तब्य पनि हो ।
नेपाल लगायत विश्वाको अधिकांश देश लकडाउनमा छ । हामी सबै घरमा बसिरहेका छौँ । हामीलाई सायद दिन कटाउन असाध्यै गाह्रो परिहेको होला ।
यस्तो संघिन घडिमा संबेदनशील पेशामा आबद्ध दाजु–भाइ, दिदिबहिनी, साथीभाइहरू समान्य अर्थात पर्याप्त तयारी विना नै युद्धमैदानमा लड्न तयार हुुनुपरेकोछ । आफ्नै ज्यानको बाजी थापेरा आफनो पेशा, धर्म र कतव्र्य पुरागरिरहेकोछन् ।
उच्च जोखिम, डर सबैलाई छ । मन सबैको अतालिएकोछ । अनि जीवन सबैको महत्वपूर्ण महसुस गरिरहेकाछन् । जी. पि. तिमलसेनाजी, रबिन श्रेष्ठ, प्रदिप शर्मा, बर्षा शाह, यज्ञ खड्का,साहसिक प्रतिनिधी पात्रका उदाहरण हुन् ।
जस्ले अहोरात्र आफनो कर्तब्य मात्र हैन साहसीक रुपमा आफुलाई मैदानमा उतारेका छन् । आज पनि देशका महत्पूर्ण र संबेदनशील पेशामा कार्यरत दाजुभाइ, दिदिबहिनीहरू कर्तब्यपरायणका साथ काममा खटिरहनुभएकोे देख्दा ती साहसी मनका अदम्य साहस र बफादारीताप्रति नमन गर्न मन लाग्छ ।
वास्तवमा उनीहरू उच्च–सम्मानका हकदार हुन् । अझै पनि उनीहरू थाकेकाछैनन् । उच्च मनोबल तथा साहसका साथ नेपाल आमाको सेवामा समर्पित छन् ।
कोरोनाको बिश्वब्यापी लडाईमा निडर लडिरहेका छन् । आशा छ एकदिन जित अबश्य नै हुनेछ ।
(लेखक नारायण प्रधान चलचित्रकर्मी हुन् )
Leave a Reply