शीलु न्यौपाने
बैशाख ३१, काठमाण्डौँ । विश्व यतिखेर नोबेल कोरोनाको फैलावटबाट ग्रसित हुनुपरेको अबस्था छ ।
चीनको वुहान शहरबाट यो महामारीले करिब ३ हजार जना भन्दा चिनिया नागरिकहरूलाई मृत्यूको मुखमा पु¥याएको थियो ।
यो भाइरस विस्तारै एक व्यक्तीबाट अर्को व्यक्तिमा स्वासप्रश्वास लगायत शारिरीक, सामाजिक दुरीकोे माध्यमबाट फैलिदै एक देशबाट अर्को देश हुँदै स्रक्रामित बढेर हाल विश्वको २ सय १५ भन्दाबढि देशहरूमा यो महामारीले उच्च जोखिमले मानिसहरूलाई अकालमा मृत्यूको मुखमा पुराएको छ ।
हाल सम्म ४३ लाख १० हजार बढि संक्रामित भएकाछन भने २ लाख ९० हजार बढिले ज्यान गुमाइसेकाछन ।
विश्व स्वस्थ्य संगठन(WHO)ले यसलाई अन्तराष्ट्रिय आपतकालिन घोषणा गरि विश्व महामारी कोरोना (कोभिड १९) भाइरस नाम दिएकोछ ।
यो महामारी चीनको वुहान शहरबाट सर्प, मुसा वा चमेरोबाट फैलिएको हो भन्ने विश्वास जनवादी गणतन्त्र चीनले विश्वालाई सन्देश दिएकोछ । संयुक्त राज्य अमेरिकाले भने यो महामारी चीनको ल्याबबाट मानब निर्मित भाइरस भएको आरोप लगाएको छ ।
विश्वकै पहिलो उच्च जनसंख्या भएको देश चीनले सामाजिक दुरी कायम गरि आफ्नो नागरिकलाई कोरोनाबाट बचाउन सफल भएको छ ।
संक्रामण फैलिएको अबधिमा थुप्रै अध्ययन अनुसन्धान गरि भ्याक्सिन निर्माणको क्रममा रहेको विश्व स्वस्थ्य संगठन(WHO)ले जनाएकोछ ।
आजसम्म विश्वमा ४,३१०,४३६ जना संक्रामित भएकाछन भने २९०,४४२ जनाको ज्यान गइसकेको छ । यो क्रम अझ तिब्ररुपमा बढ्दो अबस्थामा छ । थुप्रै देशले संक्रामणबाट ज्यान जोगाउन लकडाउन, कर्फू र सामाजिक दुरीका विधिहरू अपनाइरहेकाछन ।
विशेषगरि जेष्ठ नागरिक र शारिरीक कमजोरी रहेका रोगीहरू, गर्भवतीहरूलाई कोरोनाको संक्रामित बढि र छिटोभएको पाइएकोछ ।
स्वस्थ्य संगठनहरूको अध्ययन र अनुसन्धानबाट फेलापरेको नया तथ्य सार्वजानिक भएअनुसार सबै भन्दा छिट्टो सर्ने साथै एकदम चाँडो भाइरसले आफ्नो स्वरुप र लक्षण परिवर्तन गर्ने भएकोले विश्वमा देखएिका विभिन्न काल खण्डका महामारीहरू भन्दा कयौँ गुणा ठूलो चुनौतीपूर्णरहेको बताइएको छ।
यसको सर्ने माध्यम , जीवित अबधि र लक्षणबारे हालसम्म पनि अध्ययन र अुनसन्धानकै क्रममा छ । महामारीकै रुपमा हेर्दा मावनको लागि यो पहिलो भने होइन ।
हरेक शताब्दीको वर्षहरूमा यस्तै खालका नया विनासकारी प्रकोपहरूले लाखौँ संख्यामा मानवको विनाश गर्दै नै आएको थियो ।
यो कोरोनाले विश्वकै अधिकांश राष्टहरूमा महामारी रुपलिएर मानवका सुन्दर सपनाहरू विध्वंस माच्याउदै सिङ्गो विश्वलाई नै संकटमा पारिदिएको छ । विभिन्न समय, कालमा यससलाई वैज्ञानिकहरूले (NIPPA, NENDRA,EBOLA,MARBORA, SAARC Virus & Covid 19)
जस्ता नाम दिएका थिए ।
यो महामारी विनाश मच्चाउन कुनै राष्ट्रलाई शक्तिशाली र गरिब नभनि कुनै मानिसको वर्ग जात, पेशा, समुदाय, रंग लिङ्ग नछुट्टाइ सबैको लागि घातक साबित भइसकेकोछ ।
शताब्दीदेखि काचुली फेरि सक्दा समेत विश्व प्रविधि सभ्यताको एक्काइसौँ शताब्दी पार गरिसक्दा समेत शक्तिको भाग डौड गर्ने राज्यले समेत यो महामारीबाट आफ्नो नागरिकहरूको सुरक्षा गर्नबाट अकालबाट जीवन जोगाउन उपयुक्त अनुसन्धान विधिहरू भने अपनाउन अझैपछि परेको देखियो ।
विश्वमा यस्त अनेकन महामारी, फ्लू, भाइरसहरू फैलिए कि जो भयनक रुपमा स्थापित भइ मानव जीवनलाई संकट पु¥याउन सफल हुँदैआएको देखिएको छ ।
यस्ता महामारीहरूको बेलैमा ठूला ल्याब÷प्रयोगशालाहरूमा अध्ययन–अनुसन्धानका लागि विश्व स्वस्थ्य संगठन (WHO) पनि अगि बढ्नुपर्छ र बेलैमा रोगथामको विधि ल्याउनु, दिगो विकास र स्वस्थ्यको हिसाबले मानब जातिहरूको कल्याण हुन्छ ।
प्लेग
यसको उदगम फ्रान्सको आर्सी शहरलाई लिइन्छ । जहाँ यो संक्रामणले करिब एक महिनामा नै ५०औँ हजारको ज्यान लिएको थियो । १७९० मा विकसित यो महामारीले लाखौँ मानिसको ज्यान विश्वमा अन्य देशहरूमा पनि लिएको थियो ।
१८६० मा प्लेगको रुप जसलाई मोडर्न प्लेगको नाम दिइएको थियो । जो चाइनामा फैलिएर सिल्करोड हुँदै समुन्द्रीक टटिय क्षेत्र हुँदै हङकङ छिर्यो र भयनक रुपमा मानिसको ज्यान लाखौँ मात्रमा लियो । भारतको मुम्बाइ, कोलाकत्ता, कराची जस्ता शहरहरूमा यो महामारीले २४ घण्टा नपुग्दै लाखौँको ज्यान लिएको थियो ।
मोर्डन प्लेगले चाइनाको भन्दा हङकङ र भारतमा विखण्डता मच्चाएको थियो । सवा करोडको ज्यान गएको अनुमान १८८९ मा गरिएको थियो ।
कोरोना कहर महामारी १८२० मा जापन, भारत, चाइना, मनिला, सिरिया, वमन, भाइल्याण्ड र इन्डोनोसियमा लाखौँको यो कहरले मानिसको ज्यान गएको थियो ।
यस्तै १९२० मा अहिले सम्मकै शताब्दीकै भयानक कहर जसलाई स्पानीस फ्लू कहरको नाम दिइएको थियो । यसले विश्वमै पाँच करोड भन्दा बढि मानिसको ज्यान लिएको तथ्य पाइन्छ ।
प्रथम विश्व युद्ध चल्दा–चल्दै यो महामारीले अमेरीकाको टेनिङ्क क्याम्पहरूमा जरा गाडिसकेको र विश्वयुद्ध समाप्त पश्चात घर फर्किआउदा यस संक्रामणले भयनक रुप लिएको थियो ।
यो स्वनिस फ्लू १९१८ देखि १९२०सम्म नियान्त्रणमा आउन सकेको थिएन । प्रथम विश्व युद्धमा ज्यान गुमाउनेहरूको भन्दा धेरै बढि मानव समुदायको विनास यो महामारीले उक्त समयमा गरेको पाइन्छ । करिब २०–३० उमेर समुहका युवाले नसोचेको तरिकाबाट ज्यान गुमाएका थिए ।
यस्तै २००२ मा सार्स चिनबाट सुरु भयो जुन २७ देशमा फैलिएको थियो । यसबाट मर्नेको तथ्याङ्क एकिन छैन ।
स्वाइनफ्लू
संयुक्त राज्य अमेरीकाहुँदै अन्य राष्ट्रमा फैलिएको थियो । अमेरीकाका अनुसार करिब १२ हजार अमेरीकन नागरिकले उक्त फ्लूको कारण ज्यान गुमाएको तथ्याङ्क सार्वजानिक गरेको थियो । तर बास्तविक मृतक संख्याको तथ्याङ्क लुकाएको अरोप छ । भारतमा मात्रै ८ लाख मानिसको ज्यान गमाएको तथ्याङ्क पाइन्छ ।
रसियन फ्लू यूरोप एसियाली देशहरूमा, बेलायत, र फ्रान्सेली क्रान्तिको समयमा यो भाइरस उत्पत्ति भएको पाइन्छ । यसबाट पनि लाखौँले ज्यान गुमाएको पाइन्छ ।
हरेक समयमा देखिएको महामारी, भाइरसको रोकथामको लागि औषधी समयमा नै प्राप्त हुन नसकेको कारण करोडौँले अकालमा ज्यान गुमाएको थिए ।
विशेष गरि रोग प्रतिरोधात्मक समेत कमजोर भएको मानिसहरूलाई यो संक्रामणले असर पर्ने, स्वास प्रस्वावबाट संक्रामण हुने व्यक्तिलाई प्रारम्भिक चरणमा खोकी लाग्ने, टाउको दुःख्ने, सास फेर्नमा समस्य हुने जस्ता लक्ष्यण देखिने र रोगथाममा लागि नागरिकहरूले WHOको सुझाब अनुसार हात साबुनले धुने, सेनिटाइजर प्रयोग गर्ने र राष्ट्रहरूले लकडाउन गर्ने, सामाजिक दुरी कायम गर्दै स्वस्थ्य सामाजिक तालिम प्राप्त डाक्टर नर्स र चेतना अभिबृद्धि गर्ने सुझाब दिदै आएको छ ।
विनासकारी कोरोनालाई मध्यनजर गरि विश्व बैकले बाह्र विलियन यूएस डलर साहयता कोरोना प्रभावित देशहरूमा दिने निर्णय गरेकोछ ।
यस्तै ४ मिलीयन डलर यसियली विकास बैंकले रोकथामको लागि छुट्टाएको छ ।
सार्क राष्ट्रको नाममा आकस्मीत कोष सँचालन गरिएको छ जस्लाई
सार्क १९ (SAARC 19) नाम दिइएको छ । विश्व अर्थतन्त्रले नै कोरोनाबाट आर्थिक संकट सामना गर्नु पर्ने मध्यनजर भएको छ ।
यसले हुन खाने वर्गलार्ई भन्दा हुँदा खाने, गरि खाने वर्गलाई बज्रपात गरेको छ । अब यो रोगको त्रास संगै अधिकांश श्रमजीवीहरू रोगले मर्ने त्रास पनि ंसगसंगैको चुनौती बनिएको छ ।
सरकारले र केही सत्तामा रहेका र केही प्रतिपक्षीहरू तथा समाजसेवीहरूले केही राहत वितरण गरेको देखिन्छि । साथै राहतमा स्वर्थको राजनीति जोडिदाँ विकृतिको स्थिति आउने गर्दछ । यवत समस्यहरूको हलको लागि जनताहरूको जनजीविका चक्रबाह्रिय हस्तक्षेपबाट समाना गर्न राज्यले दिर्घाकालिन उपायाहरू ल्याइयोस ।
विद्यार्थीहरूको समस्य, विरोजगार समस्या, लैङ्गिक हिँसा, गर्भवती महिला, विरामी–जेष्ठा नागरिकहरूको सुरक्षा, र श्रमजीवि वर्गहरूका लागि राज्यले कोरोना भाइरसको कहरको बखत उपयुक्त तरिकाहरू जनता माझ ल्याउन सकेन ।
आवत समस्यलाई हेर्दै अन्य राष्ट्रहरूबाट सिक्दै नेपालले यो जोखिमलाई प्रभावकारी हल गर्ने तर्फ ध्यान दिनुपर्छ ।
न कि कुर्सी बचाउनकै लागि पदमा टिकि राख्ने किसिमका स्वर्थसिद्धबाट हल कहिले
खाज्ने त ?
चिनको वुहानबाट र दशिक्ष कोरियामा फेरी अर्को संक्रामण फैलिएको छ ।
नेपाली जनतालाई देखाउने अस्वसनको भन्दा दिर्घाकालिन जनहितका उपायाहरू कर्यन्वयन सहित हल हुने विधि अपनाउनु बढि प्रभावकारी हुनेछ ।
लेखक शीलु न्यौपाने अखिल क्रन्तिकारी विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुन ।
Leave a Reply