सन्जना सुर्खेती
जेठ–१४, काठमाण्डौँ ।
सम्झीदा अत्यास अनि दुख लाग्छ !
यत्तिका शिक्षित भनिने आधुनिकमा युगमा छौँ हामी । २१औँ शताब्दीको विज्ञान र प्रविधिको चमत्कारी युगमा पनि जातीय छुवाछुत, भेदभावको युद्धमै छौँ हामी । हरेक पाठमा, हरेक क्षेत्रमा घोकेकै हौँ महाकवि लक्ष्मिप्रसाद देवकोटाको “मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन” ।
व्यवाहारिक जीवनमा लागु नहुने भएपछि रटेर मात्र नहुने रैछ ।
खाने कुरामा जात, लाउने कुरामा जात, हिड्ने कुरामा जात, बस्ने कुरामा जात, बोल्ने कुरामा जात । कठै ! मेरो समाज ।
आफ्नै बहिनी र भाइसंग जात, अनि जातले नै सम्बन्धको नाप तौल हुने रहेछ यहाँ त ।
एकअर्काको हात थाम्नलाई जातले रोक्छ हामीलार्ई । हातेमालो गर्दै आकाश छुने कुरा हामी नै गर्छौ फेरि । कति लाचार छौ हामी, जो समाजका यस्ता कुरीतिलाई पन्छाएर नया बिचार र सम्बन्धको समाज सिर्जना गर्न सक्दैनौ ।
ओहो !
यहाँ त दिनदहाडै
जातीय युद्ध
आफुआफैमा भैरहेको रहेछ
अनि हामी आफै भन्छौ फेरि नया समाज हाम्रो आवस्यकता ।
ओहो ! यहाँ त दिनदहाडै जातीय युद्ध आफुआफैमा भैरहेको रहेछ । यसरी त कसरी बनाउछौ हामी नया समाज ?
समाज बनाउन तपाईं अनि म लागी पर्नुपर्छ ।आफै बन्दैन समाज । असल शिक्षा नपाएकालाई पनि थाहा छ कि जात मानिसले नै बनाएका हुन भन्ने कुरा ।
हामीले नै बनाएको
जातिय विभेद
हामीले नै अन्त्य गर्नु पर्छ
हामीले नै बनाएको जातिय विभेद हामीले नै अन्त्य गर्नु पर्छ भन्ने थाहा पाएर पनि थाहा नपाए झै गर्ने हामी मानव जातीलाई कस्ले जित्न सक्ने र समाजमा परिवर्तन आउछ ।
कठिन छ किनकी गरिबमा आँट छैन, मध्यम वर्गलाई जिबिकोपार्जन गर्दैमा जीवन वित्छ अनि धनी वर्गलाई आवश्यकता नै छैन ।
आउनुहोस् न हामी मिलौ । हातेमालो गरौ ।
समाज परिवर्तन गर्ने रहर हामी सबैलाई नभएको होइन होला तर पाइला अघि बढाउन हामी काप्दैछौ, डराउदै छौ ।
हामीलाई अघि र पछिकाले के भन्ने होलान भन्ने डर र त्रास छ । जातियताको अवाज उठाएकै कारण भोलि मर्नुपर्ने पालो मेरो पो हो कि भन्ने सन्त्रास पनि नभएको होइन ।
जात सानो भएकै कारण यहाँ मानिसको शरीर ढाक्न लुगा सिलाउने हर्के दाइ, नाङो इज्जत सहेर मर्न नपरोस् । पधेरामा पानी लिन गएकी सानीबाहुनी आमाको गाग्रो छोइएको कारण नमिठो शब्द प्रयोग भएको बोली सुन्न नपरोस ।
च्यात्तिएका जुत्ता लगाउन नपरोस भनेर दिनरात मिहिनेत गरेर जुत्ता सिलाउने डाडाघरे साने दाइले आफ्नो पेशा यहि नै हो भन्न शर्माउन नपरोस ।
पातमा खान नपरोस भनेर विभिन्न आकार प्रकारका भाडाकुडा बनाउने मिठे दाइ नेवारको भोजमा जादा पातमा खान नपरोस ।
समाज भौतिक विकास वा बाटो खनेर मात्र परिवर्तन हुदैन महाशय ।
भावना र बिचारमा परिवर्तन आउनुपर्छ ।
बिस्वकर्माको दिन धुमधामले मनाउने समाजले बिस्वकर्मा जाती भएकालाई समाजबाट इज्जत दिन सिकोस ।
यती गरे नया समाजको शुरूवात पक्कै हुन्छ ।
अनि यो जातीय मतभेदको पर्व मनाउने अवस्था पक्कै हट्नेछ ।
बिश्वास गर्नुहोस साच्चै सुतेको मानिसलाई बिउझाउन सजिलो छ तर सुतेको नाटक गर्नेलाई कहिले पनि बिउझाउन सकिदैन ।
अनि हाम्रो समाजले सुतेको नाटक गर्दैछ। त्यसैले आउनुहोस सङ्गैमिलेर प्रयास गरौ । सुतेका नाटक गरेकाहरुलाई बिउझाउ । कठिन हुनेछ तर हार मानिएन भने जित अवस्य छ ।अनि बल्ल नयाँ समाजको सपना साकार हुनेछ ।
परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्छ । अनि पछ्याउनेहररू बिस्तारै पाइला अघि बढाउने छ्न । आउनुहोस ! जातीयताको कुरालाई सधैभरी खुट्टामुनि राखेर हातेमालो गरौ । अनि मात्रै संभव हुन्छ ।
आकाश छुने सपना
मिचिएको सिमाना फिर्ता पाउने आशा
आकाश छुने सपना । मिचिएको सिमाना फिर्ता पाउने आशा ।
एकअर्काको प्रिय हुने रहर ।अनि छिमेकीलाई आफैलाई झै प्रेम गर्ने अवस्था ।
आफ्नो जातमा गर्व गर्न सक्ने वातावरण खोज्ने होइन आफैले बनाउने हो ।
लेखक सन्जना सुर्खेती पत्रकारिता विषयका विद्यार्थी हुन ।
Leave a Reply