सन्जना सुर्खेती
फेरिन्छ रे,
अब मुहार नेपाल र नेपालीको
कस्तो हुने हो फेरिएको मेरो देश ?
परिवर्तन हुन्छ अब, तिम्रो अनि मेरो भेष ।
कता कता डर पनि छ,
गौरवले भरिएको मेरो मन,
गौरव बिहीन पो भैदिने हो कि झन ।
खै कस्तो कस्तो बुझ्नै नसकिने ब्यवहार,
म झसङ्ग हुन्छु!
सिमाना मिचिएर, न माग्नु पर्ने पो हो कि हार गुहार ।
दुःख ढोकाको नजिकै आइपुग्दा पनि डर नमान्ने,
गोर्खाली हुँ भनी डरको सामना गर्ने बानी,
दलाली सबै मिलि,
मेरो देश बेचिदिने पो हुन कि जानी नजानी ।
खै कस्तो चाला हो यो गन्यमान्य भनिनेको,
कतैबाट पनि बुझ्नै नसकिने,
रास्ट्रियता बेच्नलाई आश्वासनमा सजिलै फकिने ।
बद्लिएको मेरो देश,
अब बिकास तिब्र भए हुने थियो ।
आत्मनिर्भर भै अघिबढे,
बैरी पनि हार्ने डरले रुने थियो ।
परिवर्तनलाई समर्थन गर्दै,
मैले पनि केही गर्न सके मेरो देशको लागि,
अनि सबै पछ्याउँदै आउथे होला जागी जागी ।
आलु खाएर पेडाको धाग लगाउनु छैन मलाई,
जत्ती जे सक्छु गर्छु,
आफ्नै परिश्रमले देशलाई इज्जतले भर्छु ।
सबैले सकेको आफ्नो क्षेत्रबाट केही न केही गरौ,
देश मेरो मात्र हो भन्ने घमण्ड म गर्दिन,
अरुले देशका लागि केही नगरे पनि म आफुपछि सर्दिन ।
परिवर्तनका कुरा धेरै भए यहाँ,
देश बदल्नुपर्छ भन्ने नारा शब्दमै सिमित हुन लाग्यो,
त्यसैले त अब देश बदल्न गोर्खाली जाग्यो ।
एकता र शक्तिमा वृद्धि गर्दै,
देश र देशबासीलाई सम्मानले भर्दै,
राम्रा र बिकासमूलक काम गरौ अघि–अघि सर्दै ।
कवि सन्जना सुर्खेती पत्रकारिताका विद्यार्थी हुन ।
Leave a Reply