जेष्ठ २१, काठमाण्डौँ । “द आर्ट अफ लिभिङ”का संस्थापक श्री श्री रविशंकरले हाल विश्वभरि फैलिएको महामारी कोरोना संकट व्यवस्थापन सम्बन्धमा “अध्यात्मको भूमिका” विषयमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसंग बुधबार बिहान ११:00 बजे अन्तरक्रिया अन्तरक्रिया गर्नु भएको छ ।
पूर्वमन्त्रीहरु प्रकाशचन्द्र लोहनी, प्रकाशशरण महत, सुरेन्द्र पाण्डे र राजेन्द्र महतोसँग समेत अन्तरक्रिया भएको “द आर्ट अफ लिभिङ”का योगा प्रशिक्षक रितिका लोहोयियाले बताउनु भयो ।
कार्यक्रममा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ नेत्ररोग विशेष डा.सन्दुक रुइत, द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंह र महासचिव डा.सन्दीप शाहसँग पनि अन्तरक्रिया भएको थियो ।
यसैगरी सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको प्रमुख वक्ता अर्थात सहजकर्तामा “प्रेरणादायक नेतृत्वको भूमिका” अन्तरक्रिया शुक्रबार विहान ७ः१५ बजेबाट शुरु हुने भएको छ ।
उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्वसहायक सचिव कुलचन्द्र गौतम, युएन सीड समिति उपाध्यक्ष बन्दना राणा, नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ, गायिका आनी छोइङ डोल्मा, नेपालका लागि अमेरिकाका पूर्वराजदूत डा.शंकरप्रसाद शर्मा, क्रिकेटर पारस खड्का, चौधरी ग्रुपका महाप्रबन्धक निर्वाण चौधरी पनि सहजकर्ता रहनेछन् ।
अन्तरक्रिया कार्यक्रम”द आर्ट अफ लिभिङ”को युट््युब च्यानल, श्रीश्री युट््युब च्यानल, श्रीश्री फेसबुक पेज, श्रीश्री इन्ट्राग्राम, श्रीश्री ट्वीटर र श्रीश्री ओआरजीबाट प्रत्यक्ष प्रसारण सुन्न र हेर्न सकिने संस्थाको मिडिया संयोजक गौैरव कँडेलले मंगलबार विज्ञप्ती जारी गरी जानकारी गराएका हुन् ।
विश्वका १ सय ५६ देशमा शाखा स्थापना भएको “द आर्ट अफ लिभिङ फाउन्डेसन” सन् १९८१ मा स्थापना भएको गैरनाफामूलक संस्था हो ।
यसले योग, ध्यान र शिक्षा र मानवीयताको क्षेत्रमा क्रियाशील रुपमा काम गर्दै आएको आध्यात्मिक संस्था हो । तनाव रहित मन र हिंसा रहित समाज यसको मूल नारा हो ।
Leave a Reply