द्वन्दकालको बालापन ।

एलिना केसी

जेष्ठ-२६, काठमोण्डौँ । जन्म मध्यपश्चिम्को रुकुम जिल्लामा भएको हो । जसलाई अहिले पुर्वी रुकुम र पश्चिम् रुकुम भनेर भूगोलको आधारमा विभाजन गरिएको छ । अझ मेरो जन्म स्थान ठ््याक्कै रुकुमकोट, हालको पुर्वी रुकुम ।

प्राकृतिक सुन्दरतासंगै जोडिएको रुकुमको अर्को उपनाम हो, माओवादीको जन्मथलो ।
रुकुमसङ्ग जोडिएको अर्को छिमेकी जिल्ला रोल्पा । माओवादीको उद्गम स्थलकोको नामले चिनिदैआएको यी दुई जिल्ला, रुकुम अनि रोल्पा ।

रुकुम शब्द हरेक नेपालीको लागि माओवादी जन्मेको पर्याय शब्द हो । नजोडियोस पनि कसरी २०६२ र ६३ को दोस्रो जनआन्दोलनबाट २५० वर्ष भन्दा लामो इहिास बोकेको राजतन्त्र हत्याउन यीनै भूमिमा जन्मेको सपुतहरूको बलिदानको उपज हो ।


राजतन्त्रको विरुद्ध आवाज उठाउने र लड्ने रुकुम, रोल्पा, सल्यान , बग्लुङ, म्याग्दी लगायत अन्य थुप्रै ठाउँका सयौं युवाहरू (महिला पुरुष दुवै) तथा साधारण जनता समेत माओवादीका नाममा मारिए । विपत्ता पारिए ।

कति नाबालक टुहुरा भए, कति आमाहरुले कोख रित्त्याए, कति नारिका सिउदो पुछियो, सयौंले रगतको खोलो बगाएर आफ्नो जीवनको आहुति दिए । सुन्दा कता कता कुनै एकादेशको कथा जस्तो लागेपनि २०५२ सालदेखि २०६२ सालसम्म रुकुमबासीले भोग्नु परेको शास्वतः पिडा यहि नै थियो ।

म सानी अबोध बालिका, त्यतिबेला सधैं मेरो मनमा एउटै प्रश्न उब्जिन्थ्यो, मरिन्छ कि बाचिन्छ । यो बहेक अरु सोच्न सक्ने क्षेमता मसंग थिएन किनकी मेरो बालपन दिमागले धेरै सोच्न सक्दैन्थ्यो ।

आज या भोलि मरिन्छ, ठेगाना थिएन । माओवादीहरूलाई मार्नको लागि सेनाको हेलिकप्टरले ठाउँ–ठाउँमा बम खसालेको यी नाङ्गा आँखालेले प्राय देख्नु पथ्र्यो । घरका धुरी धुरिमा ठुलाठुला हेलिकप्टर घुम्थे, कराउथे ।

त्यो दृश्यले मुटु काप्थ्यो। कतिखेर कहाँ नेर बम खसाल्छ थाहा नै हुदैनथ्यो । घरको चौतर्फी हवाई हमला भइराख्थ्यो ।
भनिन्छ नि जिन्दगी पढ्ने होइन भोग्ने कहानी हो । त्यस्तै जनआन्दोलनको हिँस्रात्मक घटना किताबका पानामा पढेका भन्दा धेरै कष्टकर तरिकाले देखेकी र भोगेकी छु बालपनमा नै ।

आज ती दिनहररूलाई स्मरण गर्दा हजारौं प्रश्न उब्जिन्छन मनमा । अनि प्रश्न गर्न मन लाग्छ त्यतिबेलाका कमान्डरहरूलाई अर्थात अहिलेका नेताहरूलाई ।
रगतको खोलो बगाएर सयौं जनताले आफ्नो जिवनदान त गरे । गणतन्त्र पनि ल्याए, तर पछि तिनिहररूले के पाए ? आन्दोलनमा जीवन आहुति दिएकाहरू कतिले सहिद घोषणा भए र उनका परिवारले राहत पाए ? कति अहिलेसम्म पनि वेपत्तामा रहे ?

कुटो, कुदालो, अनि घास दाउरा गर्दै लेक बेँसी मेलापातगर्दै एउटा जीवनको रस अनि लयमा बाँचेको निमुख जनता एकाएक परिवर्तनको नाममा बन्दुक बोकेका हातहरू अहिले कस्ता भएकाछन् होला ?
परिवर्तनका धुनसंगै क्रान्तिका गीत गाउने गलाले अहिले एक गाँस खान पाएका छ्न कि छैनन् होला ? यस्ता हजारौं प्रश्न उब्जिरहन्छ मनभरी । सम्झिदा मात्रै पनि कहाली लाग्छ कति अझै । रुन्छ मन धरधर । म एक नाबालक युद्ध दर्शीको पिडा त यस्तो । अझ स्वयम लड्नेहरूको दिनचर्या र मनस्थिति कस्तो होला ।

तर के गर्नु बिडम्बना त्यै त हो नि । बाचुन्जेल सम्झनाको निशानी मरेपछी माटो र खरानी भने जस्तै । देश परिवर्तनका बेला मर्ने मरेर गइहाले बाचेकालाई वास्ता छैन ।

कुनै समय यस्तो थियो रुकुम, हरेक दिन आकाशमा हेलिकप्टरबाट बम बारुद बर्षिन्थ्यो, जमिनमा माओवादी तीतरवितर हुन्थे । कहिले लत्थो लागेर भागाभाग गर्थे । आफू बाच्नको लागिहोला घरघरमा थर्काउदै खाने र बस्न बाध्य थिए माओवादीहरू ।
उनीहररूको लागि न खानको टुङ्गो थियो न बस्नको लागि बासको ठेगाना । यसरी भोकभोकै आन्दोलनमा उत्रिरहे र १७ हजार भन्दा बढिले ज्यान गुमाए ।

अपसोच मेरै परिवारका सदस्य पनि सहिद भए । देशमा केबल नाम मात्रै परिवर्तन भयो ।
शासन,सत्ता र व्यवस्था उही रह्यो । परिवर्तनको लागि जीवन अहुति दिनेहरूको सपना ज्यूँउका तिँउ रहेपनि अमर सहितहरूकोे आत्माले सधौ शान्ती पाओस । अन्तरआत्मबाट चिरशन्तीको कामना ।

अनि बाचेकालाई प्रश्न गर्न मन लाग्छ, अहिले के गर्दैछन् होला ती आन्दोलनकारीहरू ? द्धन्दमा होमिएर के पाए होलान ?
के उनिहरुले चाहेको देशमाको परिवर्तन यहि हो ?
देश परिवर्तन गर्ने बाहानामा केही नेताहररू त कुर्सीको मोह लागेर कुर्सी तानातान गर्दैमा ठिक्क छन् । तर आन्दोलनमा उत्रिएका गरिब जनताले के पाए ?

कुर्सी मोहमा हरबखत लडिरहेको नेताहरू त्यो कुर्सीसम्म पु¥याउनु जीवन आहुति गरेका आमसहिदहरूका सपनाप्रति कतिको सचेतछन ? कतिले सोच्छन ?

युद्धबाट जनता र देश विस्तारै शान्तिमा त आयो। प्रजातान्त्रिक मुलुक हटेर गणतान्त्रिक नया मुलुक पनि बन्यो । तर गरिब जनताका दुख सकिएनन् । युद्धमा बाचेकाहररूको शरीर भरी गोलिका डोप र छियाछिया पिडाहरू बोकेर जिइरहेकाछन्।
तर पनि उनिहररूका आशाका सपना अझै जिवितै छन् ।

एलिना केसी पत्रकारीता विषयका विद्यार्थी हुन् ।

About Everest News 139 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*