ललितपुरमा ३८ वर्षीय पुरुषको विभत्स हत्या


जेष्ठ-२८, ललितपुर । ललितपुरको टौखेलमा ३८ वर्षीया अमित शाहीको गत राति विभत्स हत्या भएको छ ।


मृतकको शरीरमा धारिलो हतियारले प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
शाहीको कुहिनादेखि हत्केलाको बीच दुवै हातमा काटिएको छ। त्यस्तै घाँटीमा समेत रेटिएको पाएको छ ।

घटनाबारे ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको बताउनु भयो । शाही मासु व्यवसायी हुन् ।

ललितपुरमा ३८ वर्षीया पुरुषको विभत्स हत्या
ललितपुरको टौखेलमा ३८ वर्षीया अमित शाहीको गत राति विभत्स हत्या भएको छ ।
मृतकको शरीरमा धारिलो हतियारले प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
शाहीको कुहिनादेखि हत्केलाको बीच दुवै हातमा काटिएको छ भने घाँटीमा रेटेर हत्या गरिएको पाएको छ ।

घटनाबारे ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको बताउनु भयो । शाही मासु व्यवसायी हुन् ।

श्रीमती, दुई छोरीसंग बस्दै आएको साहीको शव सोही घरको करेसाबारीमा भेटिएको थियो । घटना स्थलका संका लागेको केही व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धानमा थालिएको एसएसपी राईले बताउनु भयो । मृतकको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको जनाएको छ ।

About Everest News 164 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*