स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?

हर्मोन्स हाम्रो शरीर भित्र–भित्रै स्राव हुने रसायन हो, जसले शरीरको भिन्न भिन्नै प्रक्रियाका लागि सहयोग गर्छ । यसले एक किसिमले सन्देश वहाकको रुपमा काम गर्छ । अर्थात यसको आदेशमा नै हाम्रो शरीरले अलग अलग काम गर्छ ।

त्यसो त मान्छेको शरीरमा लगभग ५० हर्मोन्स बन्छ । यद्यपि यसमध्ये ६ सबैभन्दा महत्वपूर्ण हर्मोन्स हो, जसले हाम्रो मुड, स्वस्थ्य र यौन जीवनलाई प्रभावित बनाउँछ । यी ६ हमौन्सको सन्तुलन बिग्रिएमा त्यसको असर शरीरमा देखिन्छ । त्यसैले यी हर्मोन्सलाई सन्तुलित गर्न एवं बढाउन एकदमै जरुरी हुन्छ । कुन हुन् त ति ६ हर्मोन्स ? कसरी त्यसलाई सन्तुलित राख्ने ?

राम्रो मुडको लागि ओएस्ट्रोजन

ओएस्ट्रोजन हर्मोन हाम्रो मुड र इमोशनका लागि जिम्मेवार हुन्छ । जस्तो कि, हामीलाई रिस उठ्छ, दया जाग्छ, मुड खराब हुन्छ, वेचैनी हुन्छ, यी सबै कुरामा यस हर्मोनको भूमिका हुन्छ ।

महिलामा ओएस्ट्रोजन एक महत्वपूर्ण हर्मोन हो, किनभने उनीहरुको शरीरलाई पुरुषभन्दा भिन्न रुपमा विकास गर्न पनि यही हर्मोनले काम गर्छ । त्यही कारण जुन महिलामा ओएस्ट्रोजन हर्मोन कम हुन्छ, उनको हड्डी, मांसपेशी आदि कमजोर हुन्छ । मुटु लगायतको समस्या देखिन्छ । हामीलाई खुसी तुल्याउने हर्मोन्स जस्तो कि, सेरोटोनिन र डोपामाइनलाई पनि यस हर्मोनले प्रभावित बनाउँछ«ोजन हर्मोन कम हुन्छ, उनको हड्डी, मांसपेशी आदि कमजोर हुन्छ । मुटु लगायतको समस्या देखिन्छ । हामीलाई खुसी तुल्याउने हर्मोन्स जस्तो कि, सेरोटोनिन र डोपामाइनलाई पनि यस हर्मोनले प्रभावित बनाउँछ ।

स्ट्रेस हर्मोनः कार्टिसोल

जब हामी तनाव वा चिन्ता लिन्छौं, हाम्रो शरीरमा कार्टिसोल हर्मोन स्राव हुन्छ । यो हार्मेनले रक्तचाप नियन्त्रण गर्न, ब्लड शुगर व्यवस्थापन गर्न र मेटाबोलिज्ममा पनि महत्वपूर्ण भूमिका खेल्छ । यद्यपि यस हर्मोनले धेरै मात्रामा तनाव, चिन्ता, डिप्रेसन जस्तो मानसिक समस्याको कारण बन्छ । साथै शरीरको तौल बढाउनमा पनि यो हर्मोन जिम्मेवार हुन्छ । कार्टिसोल हर्मोनको कमी पनि खतरनाक हुन्छ । किनकी यसको कारण थकान, तौल घट्ने र मुड खराब हुने समस्या हुन्छ । यसैले यो हर्मोनलाई शरीरमा सन्तुलित बनाइराख्नुपर्छ ।

यस हर्मोनलाई सन्तुलित बनाइराख्नका लागि व्यायाम पनि निकै जरुरी हुन्छ । तनाव कम लिएमा पनि यो हर्मोन सन्तुलित हुन्छ ।

निद्रका लागि  मेलाटोनिन

राम्रो र गहिरो निद्राका लागि जुन हर्मोनको शरीरमा बढी आवश्यक हुन्छ, त्यो हो मेलाटोनिन । हाम्रो शरीरमा प्राकृतिक रुपले एक घडी हुन्छ । जति जति दिन ढल्छ र रात हुँदै जान्छ, हाम्रो शरीरले मेलाटोनिन हर्मोनको मात्रा बढी स्राव गर्न थाल्छ । त्यसैले साँझसम्म हामी बढी थकान महसुष गर्छौं । शरीरलाई पुर्नताजगीका लागि निद्रा आवश्यक हुन्छ । यदि हामी प्राकृतिक नियम विपरित रातभर उठ्ने र दिनभर सुत्ने गर्छौं भने यो हर्मोनको सन्तुलन बिग्रन्छ । त्यसैले अर्को दिन हामीलाई अल्छी, थकान वा भारीपन महसुष हुन्छ ।

यो हर्मोन स्रा वगर्नका लागि राम्रो खानपान र व्यायाम उपयुक्त हुन्छ । सक्रिय रहनुपर्छ, भलै कुनै काम नभएपनि ।

फ्याट र उर्जाका लागि  इन्सुलिन

इन्सुलिन हर्मोनले हामीलाई खानामा मिल्ने शुगरलाई रगतमा घोल्ने काम गर्छ, ताकि ग्लुकोज मांशपेशी र कोशिकासम्म पुग्न सकोस् । जुन शुगरलाई शरीरले प्रयोग गर्दैन, त्यसलाई फ्याटमा बदले.र शरीरमा संग्रहित गर्ने काम पनि यही हर्मोनले गर्छ । जबकी शरीरले यो हर्मोन सही ढंगले बनाउन सकेन भने थकान, रिस, वेचैन अनुभव हुन्छ । त्यसैगरी यो इन्सुलिन हर्मोन नबन्दा रगतमा बढी शुगर घुल्न थाल्छ, जसले टाइप २ डाइबिटिजको खतरा बढाउँछ ।

इन्सुलिन हर्मोनलाई सन्तुलित राख्नका लागि राम्रो खानपान, व्यायाम र नियमित ७ देखि ९ घण्टाको निद्रा आवश्यक हुन्छ ।

मेटाबोलिज्मको लागि  थायरक्सिन

मेटाबोलिज्ममा शरीरको केही मूलभूत संयन्त्र पर्छ, जसलाई थायरक्सिन हर्मोनले सन्तुलित गर्छ । थायरक्सिन हर्मोनले मुटुको धड्कन, पाचनतन्त्र, मस्तिकको केही संयन्त्र, फ्याट बर्न गरेर उर्जा दिने  जस्तो महत्वपूर्ण काम गर्छ । यो हर्मोन थायराइड ग्ल्यान्डबाट स्राव हुन्छ । यदि कुनै व्यक्तिको शरीरले सही ढंगले थायरक्सिन हर्मोन बनाउन सक्दैन भने उसलाई थकान महसुष हुन्छ । डिप्रेसन हुनसक्छ । तौल बढ्ने वा घट्ने हुन्छ ।

यौनका लागि  टेस्टोस्टेरन

टेस्टोस्टेरन हर्मोन पुरुष र महिला दुबैमा स्राव हुन्छ । यद्यपि पुरुषमा यसको मात्रा बढी हुनछ । पुरुषमा हुने परिवर्तनका लागि पनि यो हर्मोन जिम्मेवार हुन्छ । टेस्टोस्टेरनलाई सेक्स हर्मोन पनि भनिन्छ, किनभने यसले कामुकता, क्षमता र स्पर्म बढाउँछ । पुरुषमा यस हर्मोनको कमी भएमा उनको यौन जीवन प्रभावित हुन्छ । महिलामा यस हर्मोनको कमी भएमा धेरैजसो अनुहार वा केसमा समस्या देखिन्छ ।

About Everest News 717 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*