हाय ! मेरो राष्ट्र संचालक !!

सन्जना सुर्खेती

ए जनता हो !
पोलपोलमा झुन्डिएको
नयाँ नेपालको श्लोगानको अर्थ थाहा पायौ र ?

त्यही क्या,
राजतन्त्रपछिको नया नायकले फैलाएको चर्चा ।
सरकार र उसको नराम्रो कामको नाटक रङ्गमञ्चमा प्रस्तुत गर्दा अभिनेता पक्राउ ।

खबदारीका छन्द मिलाएर कविता लेख्ने कविलाई पिटाइ
भ्रष्टचार र घुसखोरिको पर्दाफास गर्दा पत्रकार पक्राउ
गीत सङ्गीतले सहि बाटोमा आउने सल्लाह दिदा गायकलाई धम्की ।
ओहो मेरो नयाँ नेपाल ।

तर ३३ केजी सुन हजाम गराउदा तै चुप मै चुप
निर्मला हत्या प्रकरणको कुरा निस्किदा लुकाछुपी खेले जस्तो कुरा
जहाजका ठुला ठुला आशा नगरिकलाई देखाएर महलमा बसेर बिरामी भएको नाटक
लिपुलेक र कालापानी गायब गराएर फिर्ता ल्याउने प्रयास जारी राखेको बहाना
कर छली प्रकरणमा मौन,
हरेक काण्डमा चुपचाप ।

देश फुटाएरै छाड्छु भन्ने अडान राखेकालाई दुध भात
अनि देशका लागि मर्न तयार छु भन्नेलाइ कार्वाही
हरेक हावा बोलीमा पररररर ताली पड्काउनै पर्ने हो र ?
गुणगान गाइदिए गदगद खुशी अनि बिरोध गर्ने सब उग्रवादी ?
हाय ! मेरो राष्ट्र संचालक ।

कवि सन्जना सुर्खेती पत्रकारिताका विद्यार्थी हुन ।

About Everest News 730 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*