कन्जुस बा !

सन्जाना सुर्खेती

साउन २, काठमाण्डौँ । अक्षरले भरिएर सकिएका कापीकापाना देखाउदै कापी सकिएको छ बा, नयाँ कापी किन्न पैसा दिनुस भन्दै माग्दा पसिना पुछ्दै घरमा नुनका पोका सकिएको सम्झिदै पुराना कापीकाखातमा गएर केही पाना बाँकी भएका कापी झिकेर यसमा लेख्दै गर है भन्ने मेर बा कन्जुस छन ।

साथीसङ म कतै घुम्न जाउ है यति पैसा लाग्छ भनेर अनुमति सहित केही रकम माग्दा बैंकको ब्याज तिर्ने महिना सम्झिदै गह भरी आशु जम्मा गरेर ूअहिले होइन पछि जाउलीू भनेर आश्वासनमा मलाई अडाउने मेरा बा कन्जुस छन ।

मलाइ मन पर्ने मिठाई खानालाई पैसा माग्दा फाटेका लुगा सिलाउदै पिठोमा थोरै चिनी मिसाएर पकाएको हलुवा खाउ ल आज भन्दै मन भुलाइदिने मेरा बा साच्चै नै कति कन्जुस छन ।

नया लुगा लगाउने रहर सुनाउदा हल्का काप्दै फाटेको जुत्ता घिसार्दै मेरा कुरा नसुनेझै बारीका काममा लागे झै गर्ने मेरा बा कति कन्जुस ।

सामन्य खोकी लागेको बेला औषधि ल्याइदिनुस न भन्दा आमाको महिनावारी सम्बन्धि पाठेघरको समस्याको उपचार कसरी गर्ने भन्दै एकलै बरबराएर बेसार र जिरा पानी पकाएर खोकी ठिक गराइदिने मेरा बा कति कन्जुस ।

स्कुल जादा खुट्टा दुख्यो गाडीमा लगिदिनुस न भन्दा च्यातिएको गोजि छाम्दै २ घन्टाको बाटो आफ्नै काधमा बोकेर स्कुलमा पुर्याइदिने मेरा बा कस्तो कन्जुस ।

आज त मासु खानैपर्छ भन्दै म रुदा झट्टै कोठा भित्र पसि मेरा इच्छा चाहना पूरा गर्न नसकेको कुरालाइ स्विकार्दै टप्लक्क आँसु झारेर भोलीको छाक कसरी टारौ भनी सम्झिने मेरा बा कस्तो कन्जुस ।

हाम्रो घरमा पनि टेलिभिजन ल्याइदिनोस न भन्दै मैले वाक्क लगाउदा हिजो भर्खर हाम्रो मिचिएको साध बारिको निम्ति बाझेको छिमेकिसङ आफै माफी माग्दै तिनको घरमा एकैछिन टिभी हेर्नदिन आग्रह गरिदिने मेरा बा कति कन्जुस छन ।

मेरा रहर पूरा गर्न शत्रुसङ माफी माग्न नहिच्किचाउने, मलाई सफा बनाउन फोहोरसङ खेल्न नघिनाउने, मेरो पढाई पूरा गराउन बैंकको ऋणसंग जुध्दन नडराउने, मलाई असल मान्छे बनाउन आफ्नो जीन्दगीलाई जोखिममा मोल्न पछि नहट्ने, मेरा साथीका अघि मलाई इज्जतदार बनाउन साना कामलाई पनि आङाल्न नहड्बडाउने, मलाई सानै चोट लाग्दा पनि रातभरी ननिदाइ मेरो निगरानी राख्ने मेरा बा ओहो कति कन्जुस छन ।

About Everest News 731 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*