एलिना केसी
काठमाण्डौँ, भदौ ३ । बुवा , के यो एउटा शब्द मात्र हो ? या पद अर्थात जिम्मेवारी हो । बुवाको अर्थ हिम्मतवाल हो कि हौसला दिने एक बलियो खम्बा । वा मेहेनत गर्ने एक इमान्दार व्यक्ति हो । छोराछोरीको इच्छा र सपना पुरा गरिदिने एउटा कुशल नेतृत्व हो म आफैलाई था छैन ।
तर मलाई यति त थाहा छ बुवाको अर्थ निस्वार्थ प्रेमको एक पवित्र नाता हो जो अनन्तकाल सम्म बाँचेको हुन्छ । जो बिना आवाज र बिना आँसु रुन्छ उहाँ नै हो बुवा ,जसले छोराछोरीको जिम्मेवारी बोझ नसम्झेर आफ्नो काँधमा उठाउछन उहाँहरु नै हो बुवा ।
आज पनि याद आउछ त्यो दिन, त्यो बालापन जब मेरा कोमल हातका औंला समाएर हिड्न सिकाउनु भएको थियो । यसरि जिन्दगीमा हिड्न सिकाउनु भयो कि जिन्दगीको हर पाइलामा सधै सफलता मिलिराख्यो ।
बाबाको गालीले चित्त दुख्थ्यो
अनि रुन्थ्यो सिरानी मुखमा च्यापी च्यापी
तर कहिलेकाहीं बुवा रिसाउदा , गालिगर्दा , कराउदा अर्थात रिसमा नि माया मिसिएर आउथ्यो । आज त्यही कुराकोले मन कताकता नास्टाल्जिक हुन्छ। बालपनको सानो बुद्धि र मन हो कहिलेकाही बाबाको गालीले चित्त दुख्थ्यो अनि रुन्थ्यो सिरानी मुखमा च्यापी च्यापी ।
तर मलाई थाहा हुदैनथ्यो मेरो बुवा पनि आँसु नदेखाएर म संग संगै रुदै हुनुहुन्छ भनेर । कठोर बोलीको पछाडि पनि निस्चल माया देखाउनुहुन्छ र त सबै दुःख , पिडा बिर्सिने गर्छु ।
हरेक बुवा आमाले छोरीको आँसु देख्न सक्नुहुन्न । मेरो बुवा आमा मात्रै हैन सबैको बुवाले आफ्ना सन्तानको आँसु देख्न सक्नुहुन्न । हामीले पनि आमा बुवाको अनुहारमा उदासिनता र निराशा देख्न चाहन्नौ ।
बुवा आमा हुनुहुन्छ र छोराछोरी छौँ । अनि त हामीसंगै जोडिएका छन् आमा बुवाका ति कहालीलाग्दा र रंगीचंगी सपना । सबैको भाग्यमा भौतिक रुपमा नै भन्न पाउनेगरि आमा-बुवा लेखिएका हुदैनन् ।
लेखिएका का पनि सबैसंगै हुन् पाएका हुदैनन् यो त सबै ईश्वोरको खेल हो । यसो त मैले जिन्दगीमा धेरै सम्बन्धहरू देखेको छु । तर अरु सम्बन्ध बुवाको अगाडी फिक्का देखेको छु ।
जो आफु भोकै बसेर
हाम्रो पेट भर्छन नि उनि हुन् बुवा ।
रुख आफ्नो फल खान सक्दैन त्यसैले हामीलाईबांडी दिनु हुन्थ्यो आफू भोकै बसी । जो आफु भोकै बसेर हाम्रो पेट भर्छन नि उनि हुन् बुवा ।
दुनियामा बुवा यस्तो मान्छे हुन् जो चाहान्छन कि उनको छोराछोरी उहाँ भन्दा सफल र योग्य हुन् । उहाँ न रात न दिन देख्नुहुन्छ , बस हाम्रो खुशीको लागि संघर्ष गर्नुहुन्छ । जिन्दगीका मोडमा आउने ति अनवरत कठिनाईका यात्राहरु पारगरेर हामीलाई हरेक सुख हासी हासी दिनुहुन्छ ।
बुवा हुनहुन्छ र त आमाको रातो छुरा छ । निधारमा रातो टिका छ र श्रृँगार छ आमाको । बुवा हुनुहुन्छ र त सारा सपना देख्ने गर्छौ । बुवा हुनुहुन्छ र त संसार आफ्नो छ र मेरो पहिचान पनि बुवासंग जोडिएको छ ।
हो ,आमाले नौ नौ महिना सम्म पेटमा बोकेर हुर्काउछिन त्यो त साँचो हो । तर जो नौ महिना दिमाखमा बोझ उठाउछन उहाँ नै हो बुवा । हामी आफ्नो काममा जति सुकै व्यस्त हुम्ला तर त्यसबाट केही समय आमा वुवासंग बिताउनुहोस जिन्दगीको मज्जा नै बेग्लै हुन्छ ।
लेखक एलिना केसी टेलिभिजन प्रस्तोता हुन् ।
Leave a Reply