सञ्जना सुर्खेती
भदौ २४, काठमाण्डौँ । निर्मला हत्या काण्डले आवाज उठाएको आज २ वर्ष नाघि सकेर पनि न्यायको अत्तोपत्तो छैन । खै त सम्बन्धित निकाय, व्यक्ति, संस्था र न्यायलयले न्याय दिन सकेको ? निर्मला हत्या काण्डले न्याय नपाएसम्म नेपाली समाज चुपचाप आवाज दबाएर बस्न सक्दैन ।
आफ्नो बालापन पनि पूर्ण रुपमा थाहा गरेर रमाउन नपाएकी १३ वर्षिया अवोध बालिकाको त्यो विभत्स हत्याले सारा समाजलाई रुवाएको छ ।
रुवाएको मात्र होइन आफ्ना छोरीहरुलाई घर बाहिर पठाउनसम्म अभिभावकले अब दश पल्ट सोच्न बाध्य बनेका छन् । आज यत्तिका समय बितिसक्दा पनि ‘खोइ त न्याय ?’ भन्ने प्रश्नले घरिघरी बाँड हानेको भान हुन्छ ।
यो त एक खुलेआम देखिएको घटना मात्र हो, यस्ता नदेखिएका, बाहिर नल्याइएका र डर त्रासले गर्दा नखुलाइएका घटना हाम्रै समाजमा यथावत छन् । अपराधीलाई बचाउ गरी यस्ता कयौं घटना तै चुप मै चुपको अवस्थामा स्थिर भैरहेको छ ।
पिडित परिवारले भोगेको दुख, पिडा अनि छारी गुमाएको त्यो पललाई शायद नै हामीले अनुभव गर्न नसकौला तर उक्त घटनाले छाएको निराशा हामी केहि मात्रामा बुझ्न सक्छौ ।
पढ्न भनेर हिडेकी सानी छारी अचेत अवस्थामा छिन्नभिन्न शरिरमा त्यो पनि वेवारीसे अवस्थामा भेटिदा कुन आमाको मन नरोला ? कुन आमाको मन भतभती नपोल्ला ?
गरिब र शक्ति हीनले अब देशमा बाँच्नै नपाउने अवस्था सिर्जना गराइएको छ । यस्तो समयमा पनि माथिल्लो निकायमा भएकाहरू झुटा आश्वासन दिएर नै नागरीकलाई अल्मलाइ राखेका छन् ।
ए सरकार ! त्यो फोस्रो आश्वासनमा हामी सोझा जनता कहिलेसम्म झुक्किरहने ? यस्ता पिडादायी र घिन लाग्दा घटना कहिलेसम्म झेल्ने ?
बिन्ति छ, हामीलाई यत्ति बताइदेन । ‘न्याय र कानुन सबैका लागी बराबरी’ भनेर फलाक्न त फलाकिस तर प्रयोगात्मक कहिले हुने ?
कि त्यो नारा भट्टाउनलाई मात्र हो ? अनेक प्रयास गर्दा पनि साचोँ कुरा बाहिर ल्याउन नसक्नुको पछाडि अनगिन्ति कारण रहेको चाल पाएर पनि दोषिलाई बचाउ गर्न खोज्नु सरासरी सरकारको गलत कदम र कम्जोर पक्ष हो । न्याय पाउने सबैको आशा मरिसकेको छ । चित्त बुझाउने बाटोहरु निकै कम भैसकेको छ ।
हिजो एउटि सोझी निर्मला, भोलि अर्कि अनि पर्सी अर्की गर्दै कति ओटा निर्मलाहरुलाई हामीले रोइकराइ बलि दिनुपर्ने हो ? ति रगताम्य, ,जबरजस्ति लुछिएका, छिन्नभिन्न शरिरले आज पनि न्यायकै भिक माग्दैछ । ए लौन कसैले भनिदेओ त्यत्रा आन्दोलन, माग, धर्ना अनेक गर्दा पनि नपाएको न्याय अब के गरेर हासिल गर्न सकिन्छ ?
देशमा महिला राष्ट्रपति छिन भन्न पनि अब मलाई लाज मर्दो लाग्न थालेको छ । हुन त आफ्नै श्रीमानको हत्यारा सार्वजनिक गराउन नसक्ने महामहिम राष्ट्रपतिले त्यो सुदुरपश्चिम जस्तो कुनाकाप्चाको त्यो सानी बालीकाको न्यायका लागि मुख खोल्लिन भनेर आशा गर्ने हामीहरु नै महा मुर्ख हौ ।
बढ्दो हिंसा, बलात्कार, अन्याय जस्ता विकृतिले हामी हरेकका घरघरका आमा, दिदीबहिनी, भाउजू बुहारीलाई रुवाएको छ, त्रसित बनाएको छ । महिला शोषणमा नपर्न अब बुर्का नै भिरेर हिड्नुपर्ने हो र ?
ए कात्तर सरकार ! यत्ति कुरा भन्देन, कहिलेसम्म हामी महिला बिहान घरबाट निस्किएपछि सुर्य नअस्ताउँदै घरभित्र छिर्नु पर्ने हो ?
‘म महिला हुँ’ भन्दै छाती चौडा गरेर ’हाम्रो देश स्वतन्त्र छ, म गर्व गर्छु‘ कहिले खुलेआम निर्धक्क भन्न पाउने ? यो आवाज अन्यायमा परेकाहरुको न्यायका लागी अनि समस्त महिलाको अस्तित्वको लागी हो ।
महिलाबिना सृष्टि चल्दैन भन्ने थाहा पाएर पनि किन हरेक पल्ट त्यहि महिलालाई बदनाम गराउछौ ? महिला तिम्री आमा, दिदीबहिनी अनि भाउजूबुहारी हुन याद रहोस ।
आमालाई धेरै माया गर्छु भनेर देखाउनेले आमाको बालापनको इज्जत राख्न सिक ।
महिलालाई पुरुषसँग कहिल्यै दाँजो नगर्नुहोस । किनकी महिला ति सबै भन्दा निकै माथि हुन्छिन । न्याय पाउनुपर्नेहरुले न्याय पाएका छैनन् । अपराधिलाई झनै हौसला मिलेको छ ।
खुलेआम बजारमा इज्जतदार भएर हिड्दैछन् । ए समाज ! होशियार बस है । राक्षसहरु तर्साउन, धम्काउन, दुख दिन, लुट्न र अन्याय गर्न हाम्रै बिचमा आखाँ नझिम्काई दाउ कुरेर बसिराखेका छन् ।
अब पनि अपराधिलाई पक्रन नसके यस्ता घटनाको दिनानुदिन बाढि ओइरिने पक्का छ ।
सञ्जना सुर्खेती पत्रकारीता विषयको विद्यार्थी हुन ।
Leave a Reply