यशोदा लिम्बु
असोज ७, धरान । विश्व प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र तातोपानी नेपालको पूर्वमा अवस्थित संखुवासभा जिल्लाको दक्षिण पूर्वमा अबस्थित चैनपुर नगरपालिका –१, (साविकः नुन्ढाकी गाविस वडा नं १ र ५ को संगम स्थल मा रहेको छ । यो स्थल समुन्द्रीक सतहदेखि करिब १४०० देखि १५५० मिटर सम्मको उचाईमा रहेको छ ।
तातोपानी धामले नुनढाकीको इतिहासमा एक अद्वितीय स्थान ओगटेको छ । तातोपानी धाममा एक ठूलो पानीको मुहान छ । त्यस ठाउँमा हिउँदका समयमा पनि बिहानै नुहाउन सकिने र बहिरहेको पानीमा तातोपानीको जस्तो वाफ उठ्ने भएकोले त्यसलाई तातोपानी भनिएको हो ।यस स्थलको निर्माण आजभन्दा लगभग ४ सय वर्षअगाडि स्वर्गीय श्री अर्दली थक्लुङ्ग लिम्बुका छोरा स्वर्गीय श्री जयमान थक्लुङ्गले गरेका हुन् । तातोपानी निर्माण गर्नमा साधुहरूको ठूलो भूमिका रहेको छ ।
प्रचिनकालमा उक्त धाममा टाढा टाढाका साधुहरू आइ लामो समयसम्म ध्यान मनन गर्ने गर्दथेँ। ध्यानबाट सिद्ध भएपछि साधूहरूले आफ्नो शक्तिको चुनौति अर्थात प्रदर्शन स्वरुप एउटा मान्छेलाई बाघ परिवर्तन गर्न सक्दथे । फेरि चाहेको बखत मानिसमा नै परिणत गर्न सक्दथे ।
कोही बिरामी परी भने बसेको पिर्काको धुलो झर्ने बित्तिकै निको पार्दथे भन्ने जनविश्वास पाइन्छ ।
यहाँ विहान तातो पानी र दिउँसो चिसो पानी बहन्छ । नेपालमा यस्तो प्रकृतिको पानी भएको भागहरू विरलै पाइन्छ । आजको युगमा यी कुराहरुलाई विश्वास गर्न गाह्रो छ । तर यसले वास्तवमा प्रकृतिवाद को रहस्य शक्ति पछाडि मिथक र वास्तविकतालाई पनि प्रदर्शन गर्दछ ।
यहाँ सर्वोच्च देउता अवस्थित छ भने मानिसहरुको आस्था राख्छन् । त्यसैले साधुहरू यहाँ ध्यानका लागि आउने गरेका हुन् । धेरै टाढा टाढाका तीर्थयात्रीहरू पनि पूजापाठ गर्न , मेला भर्न र मनोरञ्जनका लागि यहाँ आउने गर्दछन् । विशेषगरी श्रवण संक्रान्ती, बालाचतुर्दशी र माघे संक्रान्तीको वेला तीर्थयात्रीहरूका भीड लाग्ने गर्दछन् । यहाँ आएर नुहाएमा छालामा भएका रोगहरू ठिक हुन्छ भन्ने जनविश्वास पाइन्छ ।
तातो पानीको किंवदन्ती यस्तो छ ः
गाउँमा एउटा ठूलो पोखरी थियो र त्यही पोखरीको पानी गाउँका मानिसहरूले पिउने गर्दथे । गाउँका मानिसहरू पानी लिन जाँदा उक्त पोखरीमा केही द्धैविक चमत्कारहरू भएको देख्न थाले र उनीहरूलाई आश्चर्य महसुस हुन थाल्यो ।
उनीहरुले कहिलेकाहीँ नागहरू पोखरीको बीचमा खेलेको देख्थे त कहिले पानी दुधमा परिणत भएको देख्थे । अद्भूत दृश्य साधुहररूले पनि देखेपछि यस पोखरीलाई दुधकुण्ड नाम दिए ।
उक्त किंवदन्ती सुनेपछि स्व. जयमान थक्लुङ मोहित भए । उनको नेतृत्वमा गाउँका मानिसहरू भेला भए र छलफल गरे । लामो समय छलफलपछि अन्ततः उनीहररूले पानी पीउदै गरेको पोखरीलाई धाममा परिणत गरे ।
उनीहरूले हिमत र अठोटका साथ निर्माण कार्य सुरूगरे । त्यस समयमा मेसिनको विकास भएको थिएन ढुङ्गा खन्न र फुटाउन कठिन थियो । त्यसबेला सबै काम बल, तागतले मात्र गर्नु पथ्र्यो। काम सक्न कति दिन लाग्छ कसैलाई थाहा थिएन अन्तत उनीहरूले धाम सम्पन्न गरेरै छाडे ।
सर्वप्रथम उनीहरूले ताललाई बीचमा ढुङ्गाको पर्खाल लगाएर माथिल्लो र तल्लो गरि दुई भागमा बाँडे । माथिल्लो पोखरीबाट ७ वटा धारा बनाएर पानी तल्लो पोखरीमा खसाले । पछि थप चार वटा धाराहरु थपे ।
दुई स्थल अर्थात इन्द्र देवी र सिंह देवी थान पनि थपे । उनीहरूले ढुङ्गाको पर्खाल लगाएर देवीथान लाई सुरक्षित गरे । यसैगरी दुई पुजा स्थलहरू, चौरासी धाम र कैलास धाम बनाए ।
यी बाहेक पुजा गर्न आउँदा विश्राम गर्ने ठाउँहरू, बस्ने पार्टीहरू पनि बनाएका थिए । हाल यिनीहरूको संरचना केही परिवर्तन भएको छ तर देबिथान भने पुरानो जस्तै नै छ । त्यो समयमा यसरी निर्माण भएको तातोपानी अहिले नुनढाकी कै प्रसिद्ध स्थल बनेको छ ।
पर्यटन आकर्षणका लागि वि।स। २०७४ साल मंसिरमा २१ फिटको महादेवको मूर्ति र १५ फिटको सिंहको मूर्ति थपिएको छ । ती दुई मूर्तिरू शुद्ध भाइबरबाट बनेका छन् । यी मुर्तीहरू थपएिसँगै तातोपानीले आफ्नो केही स्वरूप परिवर्तन गरेको छ । साना दुई वटा धाराहरू पनि थपिएका छन् जससंगै धाराको सङ्ख्या १४ वटा पुगेको छ ।
आवास गृह, बैठक गृह आदिको व्यवस्था पनि गरिएको छ भने सदा सफा र सुग्घर रहोस भन्ने उदेश्यले ठाऊँ–ठाऊँमा डस्विनको व्यवस्था गरिएको छ । सहयोगी मनको लागि चन्दा बाकसहरू ठाऊँ–ठाऊँमा राखिएको छ ।
तातोपानीमा रहेको प्रख्यात चारवटा स्थलहरूको विशेषताहरूः
ईन्द्र देवी थान
क्रमशः
बाँकी . . . . . . .
Leave a Reply