विश्व प्रसिद्ध फ़ेशन डिजाइनर, ब्लगर एवं लेखक किर्जिदा रोड्रिग्जको क्यान्सरबाट निधन हुनु अगाडि उनीद्वारा लेखिएको नोट :
१ – दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर, मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ ।
२ – मेरो घरमा हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा सर-सामानले भरिएको छ तर, मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ।
३ – बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन् । तर, अब त्यो पैसा मेरो लागी कुनै कामको छैन ।
४ – मेरो घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छुँ ।
५ – म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे । तर, अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेको छुँ ।
६ – मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएको छु तर, आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ ।
७ – मेरो कपाललाई सजाउनको लागि मसँग सातजना ब्यूटीशियनहरू थिए तर, आज मेरो टाउकोमा एउटा पनि रौं छैन ।
८ – म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थे तर, अब मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ ।
९ – बिश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर, अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।
१० – यो घर, यो कार, यो जेट, यो फर्नीचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यीनीहरूको अब मेरो लागि कुनै काम छैन ।
यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् । यिनीहरूले केवल दिन सक्छन् त..केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श फेसबुकबाट साभार ।
Leave a Reply