बाजले जिबनको

यसको लागि बाजले जिबनको ४०औं बर्षमा प्रबेश गर्दा गर्दै एक महत्वपूर्ण निर्णय लिनु पर्छ ! ४० बर्षपछि बाजको शरीरको तीन प्रमुख अङ्ग निष्प्रभावी हुन सुरु गर्दछन् ! पञ्जा लामो र लचिलो हुन थाल्छ जसको कारण बाजले शिकारमाथि आफ्नो पकड बनाउन असक्षम हुन्छ ! ठोंड लामो भएर अगाडितिर मोडिन पुग्छ जसको कारण भोजन निकाल्नलाई ब्यबधान उत्पन्न हुन्छ र प्वाख पनि गह्रुङ्गो हुन थाल्छ, शरिरमा टाँसिन थाल्छ, पूर्ण रुपमा खुल्दैन यसको कारण बाजको उडान सिमित हुन पुग्छ ! भोजन खोज्नु, भोजन पकड्नु र भोजन खानु तीनै प्रक्रियाहरूमा आफ्नो धारमा कमी हुँदै जान्छ ! यस अबस्थामा बाजसंग तीन बिकल्प बाँकी हुन्छ- देह त्याग्ने, आफ्नो प्रबृत्ति छोडेर गिद्ध झैं भोजनको लागि सिनोमा निर्भर हुने र फ़ेरि आकाशको निर्द्वन्द्व एकाधिपतिको रूपमा स्वयंलाई पुनर्स्थापित गर्ने ! जहाँ पहिलो दुइ बिकल्प सरल र त्वरित छन् भने तेस्रो अत्यन्त पीडादायी र लामो !बाजले पीडालाई चुन्छ ! स्वयंलाई पुनर्स्थापित गर्दछ ! बाँज कुनै अग्लो पहाडमा जान्छ ! एकान्तमा आफ्नो गुँड बनाउँछ र एउटा पूर्ण प्रक्रियाको शुरुवात गर्दछ ! पंक्षीराजको लागि आफ्नो ठोंड भाँचिदा भन्दा धेरै पिडा अरू केही हुन सक्दैन तापनि सबैभन्दा पहिले बाजले आफ्नो ठोंडलाई चट्टानमा ठोकी ठोकी भाँच्दछ ! यसपछि यसले प्रतिक्षा गर्छ नयाँ ठोंड पलाउने ! उसले आफ्नो पञ्जापनि यस्तै प्रकारले भाँच्दछ र प्रतिक्षा गर्छ पुन; नयाँ पञ्जा पलाउने ! नयाँ ठोंड र नयाँ पञ्जापछि यसले आफ्नो गह्रुङ्गो प्वाखलाई ठुंडको सहायताले एक एक गरेर चिथोरी-चिथोरी निकाल्छ र पुनः प्रतिक्षा गर्छ नयाँ प्वाख पलाउने ! पाँच महिनाको पीडा अनि प्रतिक्षा ! तबमात्र बाजलाई पुन; प्राप्त हुन्छ पहिला जस्तै त्यही भब्य अनि उँचो उडान ! यो पुनर्स्थापनापछि बाज अरू तीस बर्ष बाच्दछ ऊर्जा, सम्मान र गरिमाको साथ !प्रकृति हामीलाई सिकाउन बसेको छ ! पञ्जा पकडको प्रतिक हो ! ठोंड सक्रियताको अनि प्वाखले कल्पनालाई स्थापित गर्दछ ! इच्छा- परिस्थितिहरूमाथि नियन्त्रण बनाइ राख्नको लागि, सक्रियता- स्वयंको अस्तित्वको गरिमा बनाइ राख्नको लागि अनि कल्पना- जिबनमा केही नयाँपन बनाइ राख्नको लागि ! इच्छा, सक्रियता र कल्पना, हामी पनि चालिस पुग्दा नपुग्दै यी तीनै पक्षहरू निर्बल हुनु शुरु गर्दछन् ! हाम्रो ब्यक्तित्व खस्किन थाल्छ ! अर्धजिबनमा नै जिबन समाप्त प्रायः लाग्न थाल्छ ! उत्साह, आकांक्षा, ऊर्जा अधोगामी हुन थाल्छन् ! हामीसंग पनि बिकल्पहरू हुन्छन् ! केही सरल र त्वरित ! केही पिडादायी अनि लामो ! हामीले पनि आफ्नो जिबनमा बिबशताले भरिएको अति लचीलोपनलाई त्यागेर नियन्त्रण देखाउनु जरुरी हुन्छ बाजको पञ्जा झैं ! आलस्य उत्पन्न गर्ने बक्र मानसिकतालाई त्यागेर ऊर्जस्वित सक्रियता देखाउनु जरूरी हुन्छ बाजको ठुंड झैं ! भूतकालमा जकडिएको अस्तित्वको गह्रुङ्गोपनलाई त्यागेर कल्पनाको उन्मुक्त उडान भर्नु पर्छ बाजको पंख झैं ! पाँच महिना नभएपनि, एक महिना नै किन नहोस् बिताउनु जरुरी हुन्छ स्वयंलाई पुनर्स्थापित गर्नका लागि ! जो शरीर र मनसंग टाँसिएका हुन्छन् त्यसलाई तोड्दा, चिथोर्दा, कोपार्दा पिडा त अबश्य हुन्छ तर यसले हामीलाई नयाँ उडान भर्नको लागि तयार बनाउँछ ! यसपल्टको उडान अझै उचो, अनुभवी र अनन्तगामी हुन्छ आट गर्ने हरुनै सफल हुनेहुनअरु त सफल भएका हरुको को ईर्ष्या मै जीवन सिध्याउछ्न। फेसबुकबाट साभार

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*