चोरी अभियोगमा नक्कली दाजु फन्दामा

एभरेष्ट संवाददाता

ओखलढुङ्गा, पौष ९ । चोरी अभियोगमा मानेभञ्ज्याङ २ वाक्साबाट एकजना महिला पक्राउ परेको छ ।
गत मंसिर २६ गते बेलुका छिमेकी घरमा न्वागी भोजमा घरको सबै परिवार गएको मौकापारी घरको माथिल्लो तलामा रहेको टिनको बाकस (ट््याङ्का) को साचो काटी चोरी भएपछि सानुकला राईले दिएको उजुरीको आधारमा अनुसन्धान थालिएको ओखलढुङ्गा जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक रुपेश खड्काले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गा


चोरी हुन साथ स्थानीयबासीहरूले बिच शंका गरेको महिलासंग पटक–पटक छलफल गर्दा पनि आफ्नो गल्ती नभएको भन्दै गाली गलौज र धम्कीतीर लागेपछि कानुनी प्रकृयामा जानुपरेको पिडित सानुकला राई बताइन ।


चोरी हुन केही अघि निज राईले आफ्नो जेठाजु अच्छावीर राईलाई जमानी राखी रु १० हजार रुपैया सापटी लगेको केही दिनमै एक लाख मध्ये ५० हजारको एक बन्डेल (बिटा) मात्रै हराएपछि निज महिला माथि पिडित सानुकला राई तथा गाउलेले संका गरेका थियो ।

अभियुक्त महिला


केही दिनमै पैसाको चलखेल अस्वभाविक गरि ऋण लिएको भन्दा तेब्बर कारोबार गरेपछि गाउसमाजले निज महिलालाई सोधपुछ गरेका थिए ।


छलफलकै क्रममा गाउमै बोलाईएको प्रहरी सहायक निरीक्षक इश्वरी प्रसाद भट्टराईले पिडित साुनकला र अभियुत्त महिलाबिच संवाद नै नगरि फोन सम्पर्कमा अभियुक्त महिलाको दाजु दिपक राईले घुर्मीबाट पैसा दिएको कुरालाई सहि हो वा होइन, कुनै अनुसन्धान नै नगरि भट्टराईले सत्य मानेपछि भट्टराई कार्य चित्तबुझ्दो नभएकोले जिम्मेवारीबाट हटाइ उनको सट्टामा प्रहरी हबल्दार देबेन्द्र तिवारीलाई खटाइएको थियो ।

चोरी घर


समाचार संकलनको क्रममा तुलसा राईको सहोदर दाजु दिपक राई घुर्मीमा नभइ २०७६ साल चैत्र अगावैदेखि कटुन्जे, भत्तपुरमा डेरा गरिबसेको तथ्य फेलापरेपछि निज राईले दिएको रु १५ हजार झुटो ठहरि घटना थप रहस्य बन्दै गएको थियो ।


फेरी अभियुक्त तुलसा राईले दोस्रो व्यक्तिलाई सहोदर दाजु दिपक राई नै बनाएको र प्रहरी समक्ष बयानको क्रममा दाजुले दिएको पैसा हजार र पाच सयको संख्या फरक हुनकोसाथै दिपक हो वा होइन भन्ने सपुत प्रमाण नखुलेपछि पिडित पक्षको अनुरोधमा जिल्ला प्रहरी प्रमुख खड्काले दुबै पक्षलाई जिल्लामै अनुसन्धानको लागि बोलाएको थियो ।

बयानको क्रममा जि.प्र.का.ओखलढुङ्गा


सोधपुछ तथा अनुसन्धानको क्रममा सुनकोशी गाउपालिका वडा ४ का वडा सदस्य दिलकुमार राईले ले दाजु बनेको मान्छे नक्कली भएको जानकारी गराएपछि दाजु बनाएको भेद खुलेको हो ।


घुर्मीमा मजदुर गर्दै बस्ने साइनोमा भेनाजु पर्ने लेकखानी उदयपुरको कमानसिं राईलाई दिनको १५ सय रुपैया हाजिरी सहित खाना र बास समेत व्यवस्था गर्ने प्रलोभनमा आफुलाई फसाएको प्रहरी समक्ष बयान गरेपछि चोरी घटनाले थप रोचक बनेकोे छ ।

नक्कली दिपक राई, (उदयपुर जिल्ला लेकखानीका कामनसिँ राई)


अभियुक्त महिला निकै चलाखी भएकोले चोरी स्वीकार्ने निकै दिन लाग्ने अनुसन्धानमा संलग्न एक प्रहरीले गोप्य रुपमा बताए ।
अभियुत्ता महिला काखमा नाबालक भएको र पिडितसंग छिमेकी भएकोले आन्तिरिक रुपमै मिलापत्र गर्न प्रहरी सुझाएको पिडित सानुकला राई बताए ।

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*