नेशनल पावर न्यूज, ”म्यूजिक अर्वड २०२०” लोकप्रिय गायिका मनु नेम्बाङलाई…(भिडियो सहित)

एभरेष्ट संवाददाता
पुष–११, काठमाण्डौँ । पुर्वेली साङ्गीतिक क्षेत्रका नक्षेत्र गायिका मनु नेम्बाङले विश्व महामारी कोरोनाको कहरको बेलामा पनि नेशनल पावर न्यूज, म्यूजिक अर्वड २०२० बिजेता बनि साङ्गीतिक पाइलामा थप उचाइमा पुग्न सफल भएको छ ।

गायिका मनु नेम्बाङ अवर्ड ग्रहणपपछि

हाक्पारे र पालमको रानी उपाधीबाट परिचित नेम्बाङले लिम्बु गायन तर्फ सर्वोत्कृष्ट स्वरको अवर्ड हातपार्न सफल भएको हो ।
लिम्बु समुदायको बरिष्ठ गीतकार सुवर्ण नेम्बाङको शब्दरहेको मिम्जी फुङ अर्थात मायाको फुल बोलको पालमको लयसंकलन आशराज बोखिम र स्वर गायिका नेम्बाङको रहेको छ ।


सूचना तथा संञ्चार मन्त्री माननीय पर्वत गरुङको प्रमुुख अतिथ्यामा सम्पन्न कार्यक्रममा नेपालको सबै भाषाभाषी तथा सबै बिधालाई समेटी अवार्ड वितरण गरिएको हो ।


” किरात वाम्बुले राई भाषाबाट

निष्ठा राई सर्बोत्कृष्ट अवर्ड विजेता बनिन “

यसैगरि किरात वाम्बुले राई भाषाबाट निष्ठा राई सर्बोत्कृष्ट अवर्ड विजेता बनिन । राष्ट्रगान सर्जक व्याकुल माइलाको शब्द रहेको कि बाकी टुङ्टुङ, कि याम्की कुङकङु अर्थात कि बसौ थचक्कै . . कि उभौ ठिङ्गा बोलको सङ्गीत पदम रजान मगरकोे रहेको छ ।

गायिका निष्ठा राई


यसैगरि तामाङबाट आर बि लामा, सुनुवारबाट पुुष्कर सुनुवार विजेत बने । लोक गायिका तर्फदेवी घर्ती, देउडाबाट चक्रबहादुर साउद, काठेगीतबाट शरण प्रसाद हुमागाई। आधनिक गीतमा शेखर कोइराला र पपमा सुनिल संगमले बाजी मारे ।


पावर इन्टरलेश्नल मिडिया नेपालद्धारा आयोतित कार्यक्रममा राष्ट्रगान सर्जक ब्याकुल माइला, बरिष्ट संगीतकार शम्भुजीत बास्कोटा, बरिष्ठ गायक राजुसिँ, सिन्धु मल्ल लगायत कलाकर्मीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई सोभनीय बनायोे भने दर्शकदीर्घाको पनि बाक्लो उपस्थिति रहेको छ ।

एभरेष्ट कल्चर मिडियाद्धारा प्रस्ततु लोकप्रिय भिडियोहरू ….

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*