खेजी राई
१ जनवरी २०२१, बेलायत । २०७७ सालको हाम्रो नेपाल भ्रमण एकदम उपलब्धीमूलक रहयो । नेपालमा कोरानाको संक्रमीत बढ्दैगर्दा धेरै आफन्तजन र साथीसङ्गीहरूले नेपालको यात्रा नगर्न सुझाब दिँदा एकमनले जे होला भनि १५ अक्टुबर, २०२० अर्थात असोज २९ गते हामीले आफ्नो मातृभूमितर्फको यात्रामा अगाडि बढायौँ ।
जब जहाजमा चढयौँ एक प्रकारको आनन्द अनुभूति गर्यौँ ।
किनकी विश्वभरि फैलिएको कोरोना महामारीको बिच आफ्नो जन्मभूमि जानु पाउदाको खुशी बेग्लै थियो ।
अझ दिल खोलेर भन्नुपर्दा बर्सौदेखिको कार्यव्यस्तताको थकानले विश्राम पाउदै थियो ।
सदा यात्रुहरूले खचाखच हुने कतार एयरवेज जहाज यो पटक एक चौथाइ भागमा मात्रै सिमित थियो ।
जहाज भित्र पनि यति खुल्ला किसिमले यात्रा गर्न पाउनुको मजाक म शब्दमा व्यक्त गर्न सक्दिन ।
त्यसैले त कहिले जहाजले उपलब्ध गराएको वाइफाईको माध्यमले फेसबुक मेसेन्जरबाट साथीसङ्गीसंग भर्चूवल संसारमा भलाकुसारी गर्दै त कहिले मस्त निदाउदै हामी त्रिभुवान विमानस्थल आइपुग्यौँ ।
मेरो सहोदर श्रद्धेय दाजु नन्दकुमार राई आफ्नै सवारी लिएर हाम्रो प्रतिक्षामा रहनुभएकोले विमान स्थलबाट छुट्नसाथ सिधै हाम्रो यात्रा निजिनिबासमा ।
केही दिनको बसाइ पश्चात हाम्रो यात्रा काठमाण्डौँदेखि गृहजिल्ला ओखलढङ्गा, वाक्सा(मानेभञ्ज्याङ–२)तर्फ मोडियो ।
यो पटक हामी ३ जना(श्रीमान अमृत राई र छोरा स्वर्णदीप राई) एकैसाथ जानको मुख्य कारणहरू थियो सासु स्वर्गीय मोडलमाया राई ससुरा स्वर्गीय बागमन राईको आत्म शान्तीको लागि उहाहरूको समाधि स्थलमा सिलालेख राख्नुकोसाथै सपरिवार एकैसाथ वार्षिकी पितृपर्व न्वगीमा सहभागी हुनु थियो ।
करिब २०५० सालतीर बनेको मेरो कर्मघर अर्थात मेरो श्रीमानको कुल (जहा मेरो स्वर्गीय सासु–ससुराको सबै पितृकार्य त्यही घरमा गर्नुपर्छ) घरको पनि मर्मत तथा संभार गर्नुपर्ने उत्तिकै महत्वपूर्ण थियो ।
यसको अतिरिक्त घरयासी व्यवहार पनि धेरै मिलाउनु थियो । लामो समयदेखि घरपरिवारसंग एकैसाथ दशै–तिहार मनाउने सुअबसरबाट बञ्चित पर्देशी हामी, यही मौकामा दुःख–सुख बाँढेर रमाउनु पनि थियो ।
यस्तै विविध हाम्रो घरायसी कार्यहरू पनि गर्दै अर्कोतर्फ थोरबुहत समय संचितगर्दै ऐतिहासिक, धार्मिक, नवनिर्मित स्थल, धाम तथा क्षेत्रमा पनि उत्तिकै मात्रमा दर्शन तथा पर्यटनगर्नु थियो ।
वाम्बुले समुदायको आराध्य देवता लिब्जुदेखि किरात राई समुदायको सास्कृतिक उद्गम स्थल तुवाचुङ त पुग्नु नै थियो ।
त्यसरी नै विश्वमै चर्चित अनुपम धार्मिक स्थल हलेसी तथा माने भञ्ज्याङ गाउ पालिका वडा नं ६, तल्लो रिचुवामा अबस्थित किरातेश्वर महादेब गुफाको दर्शन पनि गर्नु नै थियो ।
यसरी नै मेरो गृह जिल्ला ओखलढुङ्गाको भ्रमण नगरि फर्के अmझ अन्यायहुने मात्रै होइन, मानेभञ्ज्याङ–३, उबूमा निर्मित स्वलेवा पार्कमा पनि त रम्नु थियो ।
यसपछिको हाम्रो यात्रा महाभारत डाँडा छिचोल्दै उदयपुर कटारीबाट सिन्धुली गढिहुँदै काठमाण्डौँ ।
लाग्छ कहिलेकाही त समयको बेग कति छिटो दगुर्छ । नेपालको विभिन्न धाम तथा पर्यटकीय स्थलहरूमा भ्रमण गर्ने त इच्छामै सिमित रहयो ।
छोरा स्वर्णदीप राईलाई गाउघरको बारेमा जनाकारी गराउनु थियो । आफ्नो भाषा, संस्कार, संस्कृति, पहिचान र भेषभुषा लगायत यवत विषय वस्तुको बारेमा अबलोकन गराउनु र बुझाउनु थियो ।
संसार महामारी भाइसरले अस्तव्यस्त भइरहेको बेलमा कतै गाउमा पो सहज हुन्छ कि भन्ने सोचले स–परिवार आएका थियौँ ।
लामो समयको अन्तारलपछि आफ्नै आगनको पाहुना बनेको हामी, अझ भन्नुपर्दा हुर्केको नाति स्वर्णदीपको अनुहार हेर्न मेरा ममतामयी आमा र श्रद्धेय बुबा दुबैजनाको निम्ति अनुपम सुअबर रहयो यो क्षण ।
यसरी अनागिन्ती व्यक्तिगत कार्यहरू संगाल्दै फर्केने दिन भएपछि फेरी कर्म थलो (यू.के.) फक्र्यौ । आफन्तजन, सुभतिचन्तक, परिवारजन सबै जना विह्बल थिए यस्तो महामारीको समयमा हाम्रो यात्राप्रति ।
हामीलाई पनि आफ्नो माटो छोड्नु रहर त कहाँ थियो र . . . ?
समयको पावन्ति र कोरोना कहर उस्तै रहयो, र त मैले फर्किने बेलामा घरपरिवारजन बाहेक साथी–सङ्गी इष्टमित्र, आफन्त, सुभचिन्तकहरूसंग बिदा माग्न पाइन ।
नसझिम्नु होला वेवस्ता गर्यो भनेर । मेरो लेख मार्फत यही सन्देश दिन चाहान्छु ।
होमकोरेन टाइनको अबसर पाउदा हामी सबैजना म लगायत (मेरो श्रीमान र छोरा)सबैलाई महामारीको समयपरिधि बिताउन सहज भएको छ ।
अन्तमा मलाई साथसहयोग गर्नुहुने सम्पूर्ण दयालुमनहरूलाई हार्दिक अभार प्रकट गर्दछु ।
लेखक खेजी राई चलचित्र सुम्निमाको निर्मात्री हुन् ।
Leave a Reply